काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत २१औँ खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा भइरहेको छ । हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला मा भइरहेको खेलमा राजस्थानले टस जितेर पहिले बलिङ रोजेको हो ।
पहिले ब्याटिङ गरेको हैदराबादले मध्यम सुरुवात गर्दै १५ ओभरमा ३ विकेट गुमाएर १५४ रन बनाएको छ । टोलीका लागि इशान किशनले उत्कृष्ट प्रदर्शन गर्दै ४४ बलमा ९१ रनको शानदार इनिङ्स खेले । उनलाई सन्दीप शर्माले आफ्नै बलमा क्याच गर्दै आउट गरे ।
यसअघि ट्राभिस हेड १८ रनमा आउट हुँदा उनलाई रियान पराग ले क्याच लिए । त्यस्तै अभिषेक शर्मा लाई शून्यमै जोफ्रा आर्चर ले आउट गर्दै लगातार दोस्रो खेलको पहिलो बलमै विकेट लिने उपलब्धि दोहोर्याए ।
हाल क्रिजमा हेनरिक क्लासेन र नीतिश कुमार रेड्डी रहेका छन्। राजस्थान रोयल्स यस सिजन अहिलेसम्म अपराजित रहँदै ४ खेलमा ४ जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ। सनराइजर्स हैदराबादले ४ खेलमध्ये केवल १ जित हात पार्दै संघर्ष गरिरहेको छ। यस्तो अवस्थामा आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण बनेको छ।













प्रतिक्रिया