आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब « Khabarhub

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

अमेरिकामा मेसीको दबदबा


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

मियामी – अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सर्वाधिक कमाउने खेलाडीको सूचीको शीर्ष स्थानमा रहेका छन् । एमएलएस प्लेयर एसोसिएसनले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ३८ वर्षीय मेसीको वार्षिक तलब २ करोड ५० लाख डलर (करिब ३ अर्ब ३५ करोड नेपाली रुपैयाँ) रहेको छ ।

यो पारिश्रमिक लिगमा दोस्रो धेरै कमाउने खेलाडीको तुलनामा दोब्बरभन्दा बढी हो । गत अक्टोबरमा इन्टर मियामीसँग सम्झौता नवीकरण गरेपछि मेसीको आधारभूत तलबमा शतप्रतिशत वृद्धि भएको हो । बोनस र अन्य सुविधासहित उनको कुल सुनिश्चित आम्दानी २ करोड ८३ लाख डलर पुग्नेछ ।

सर्वाधिक कमाउनेको सूचीमा लस एन्जलस एफसी (एलएएफसी) का सन ह्युङ-मिन दोस्रो स्थानमा छन् । टोटनहमका पूर्वफरवार्ड ३३ वर्षीय सनको आधारभूत तलब १ करोड ४ लाख डलर छ । त्यस्तै, इन्टर मियामीका रोड्रिगो डी पल र सन डिएगो एफसीका हिर्भिङ लोजानो पनि धेरै कमाउनेको सूचीमा अगाडि छन् ।

यो तथ्यांकमा मेसीले विज्ञापनबाट गर्ने आम्दानी र क्लबको हिस्सा खरिद गर्न पाउने विशेष सुविधा भने समावेश गरिएको छैन । सन् २०२३ मा मियामी आबद्ध भएका मेसीले ६४ खेलमा ५९ गोल गरिसकेका छन् । उनकै कप्तानीमा मियामीले सन् २०२५ को एमएलएस कप जितेको थियो । पछिल्ला दुवै सिजन उनी लिगकै ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ७ : १५ बजे

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा