आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब « Khabarhub

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

अमेरिकामा मेसीको दबदबा


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

मियामी – अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सर्वाधिक कमाउने खेलाडीको सूचीको शीर्ष स्थानमा रहेका छन् । एमएलएस प्लेयर एसोसिएसनले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ३८ वर्षीय मेसीको वार्षिक तलब २ करोड ५० लाख डलर (करिब ३ अर्ब ३५ करोड नेपाली रुपैयाँ) रहेको छ ।

यो पारिश्रमिक लिगमा दोस्रो धेरै कमाउने खेलाडीको तुलनामा दोब्बरभन्दा बढी हो । गत अक्टोबरमा इन्टर मियामीसँग सम्झौता नवीकरण गरेपछि मेसीको आधारभूत तलबमा शतप्रतिशत वृद्धि भएको हो । बोनस र अन्य सुविधासहित उनको कुल सुनिश्चित आम्दानी २ करोड ८३ लाख डलर पुग्नेछ ।

सर्वाधिक कमाउनेको सूचीमा लस एन्जलस एफसी (एलएएफसी) का सन ह्युङ-मिन दोस्रो स्थानमा छन् । टोटनहमका पूर्वफरवार्ड ३३ वर्षीय सनको आधारभूत तलब १ करोड ४ लाख डलर छ । त्यस्तै, इन्टर मियामीका रोड्रिगो डी पल र सन डिएगो एफसीका हिर्भिङ लोजानो पनि धेरै कमाउनेको सूचीमा अगाडि छन् ।

यो तथ्यांकमा मेसीले विज्ञापनबाट गर्ने आम्दानी र क्लबको हिस्सा खरिद गर्न पाउने विशेष सुविधा भने समावेश गरिएको छैन । सन् २०२३ मा मियामी आबद्ध भएका मेसीले ६४ खेलमा ५९ गोल गरिसकेका छन् । उनकै कप्तानीमा मियामीले सन् २०२५ को एमएलएस कप जितेको थियो । पछिल्ला दुवै सिजन उनी लिगकै ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ७ : १५ बजे

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३