आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब « Khabarhub

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

अमेरिकामा मेसीको दबदबा


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

मियामी – अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सर्वाधिक कमाउने खेलाडीको सूचीको शीर्ष स्थानमा रहेका छन् । एमएलएस प्लेयर एसोसिएसनले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ३८ वर्षीय मेसीको वार्षिक तलब २ करोड ५० लाख डलर (करिब ३ अर्ब ३५ करोड नेपाली रुपैयाँ) रहेको छ ।

यो पारिश्रमिक लिगमा दोस्रो धेरै कमाउने खेलाडीको तुलनामा दोब्बरभन्दा बढी हो । गत अक्टोबरमा इन्टर मियामीसँग सम्झौता नवीकरण गरेपछि मेसीको आधारभूत तलबमा शतप्रतिशत वृद्धि भएको हो । बोनस र अन्य सुविधासहित उनको कुल सुनिश्चित आम्दानी २ करोड ८३ लाख डलर पुग्नेछ ।

सर्वाधिक कमाउनेको सूचीमा लस एन्जलस एफसी (एलएएफसी) का सन ह्युङ-मिन दोस्रो स्थानमा छन् । टोटनहमका पूर्वफरवार्ड ३३ वर्षीय सनको आधारभूत तलब १ करोड ४ लाख डलर छ । त्यस्तै, इन्टर मियामीका रोड्रिगो डी पल र सन डिएगो एफसीका हिर्भिङ लोजानो पनि धेरै कमाउनेको सूचीमा अगाडि छन् ।

यो तथ्यांकमा मेसीले विज्ञापनबाट गर्ने आम्दानी र क्लबको हिस्सा खरिद गर्न पाउने विशेष सुविधा भने समावेश गरिएको छैन । सन् २०२३ मा मियामी आबद्ध भएका मेसीले ६४ खेलमा ५९ गोल गरिसकेका छन् । उनकै कप्तानीमा मियामीले सन् २०२५ को एमएलएस कप जितेको थियो । पछिल्ला दुवै सिजन उनी लिगकै ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ७ : १५ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण