धवलागिरिमा मानव पाइला परेको ६६ वर्ष, सात सय जनाभन्दा बढीबाट आरोहण « Khabarhub

धवलागिरिमा मानव पाइला परेको ६६ वर्ष, सात सय जनाभन्दा बढीबाट आरोहण


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा भएको छ । आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्दछ ।

संसारको सातौँ अग्लो धवलागिरि हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलोपटक मङ्गलबारदेखि आरोहण दिवस मनाउन थालिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।

‘पहुुच र पहलको कमीले यसअघिका धवलागिरि आरोहण दिवस पोखरा र काठमाडौँमा मनाउने गरिएको थियो’, उनले भने, ‘धवलागिरि हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन पहिलोपटक सम्बन्धित स्थानमा आरोहण दिवस आयोजना गरिएको हो ।’

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्जे पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।

गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग र धवलागिरि गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा धवलागिरिको फेदीमा रहेको मुदीमा दिवस मनाउन लागिएको हो ।

गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री यशोदा रिमाल, म्याग्दी १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, धवलागिरिका अध्यक्ष प्रेमप्रसाद पुुन, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरिका उपाध्यक्ष रेशम पुनमगर, पर्यटन मन्त्रालयका उपसचिव टीकाराम पौडेल, पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यसहितका अतिथिहरूलाई स्थानीयवासीले बाजागाजासहित स्वागत गरेका थिए ।

मुदीका वडाध्यक्ष यामप्रसाद घर्तीले गाउँपालिकाको केन्द्र मुनासम्म गाडीबाट पुगेका अतिथिहरूले त्यहाँदेखि पदयात्रा गरेर मुदी पुगेको बताए । उनका अनुसार सम्बन्धित भूगोलमा धवलागिरि आरोहण दिवस मनाउनुपर्ने स्थानीयवासको माग पूरा भएकामा मुदीवासी खुसी भएका छन् ।

आरोहण दिवसका अवसरमा आज मुदीमा धवलागिरि आरोहीहरुलाई सम्मान र अन्तरसंवाद कार्यक्रम गरिने टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताए ।

धवलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ । यस यामका लागि कुल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धवलागिरि अरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक निशा थापा राउतले बताइन् ।

अघिल्लो याममा यो हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए । पर्यटन विभागका अभिलेखअनुुसार ६६ वर्षको अवधिमा सात सय जनाभन्दा बढीले धवलागिरि हिमाल आरोहण गरेका छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले धवलागिरि हिमाललाई पर्यटकीय रूपमा अपेक्षित उपयोग हुन नसकेकोप्रति सरोकारवाला सबै गम्भीर बन्नुपर्ने बताए । हिमालसहित जोडिएका गाउँहरूको पर्यटन प्रवर्द्धन होस् भन्ने उद्देश्यले ६६औँ धवलागिरि दिवस मुदी गाउँमा मनाउन लागिएको उनको भनाइ छ । यस हिमालमा आरोहणसहित धवलागिरि चक्रीय पदमार्गको पदयात्रामा आकर्षण बढाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ७ : ५३ बजे

चीनले सुरु गर्‍यो विश्वव्यापी एआई शिक्षा प्लेटफर्म : कसरी लिन सकिन्छ लाभ ?

हङझाउ – चीनले शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पहुँच

टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा

काठमाडौँ– टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि

होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण

बाँके– कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी

तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

तनहुँ– तनहुँको देवघाट गाउँपालिका–४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती

सरकारी अस्पतालमा नर्सिङ जनशक्तिको चरम संकट : बिदा र भत्तामा समेत हुन्छ विभेद

काठमाडौँ- सरकारले सरकारी कर्मचारीका लागि साताको दुई दिन बिदा लागू