प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा उपस्थित गराउन कांग्रेसको माग « Khabarhub

प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा उपस्थित गराउन कांग्रेसको माग


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर संसदमा उपस्थित गराउन सभामुखसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले रुलिङ गरेर प्रधानमन्त्रीलाई सदनमा ल्याउन आग्रह गरेका हुन् ।

‘संसदमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन, उहाँ आफैँले बनाएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची आजपनि देखिएको छ, तरपनि आज सदनमा सम्माननीयज्युलाई हामीले देख्न सकेनौँ’, उनले भने, ‘सभाको गरिमा बढाउने र इज्जत राख्ने भूमिका सभामुख महोदयको हो, हजुर हाम्रो नायक पनि हो, तपाइँले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन, त्यसैले सभामुख महोदयमार्फत तत्काल सम्माननीय प्रधानमन्त्रीज्युलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु ।’

साथै, राईले संसदमा न्यायाधीशमाथि सत्तापक्षका सांसदले विषय उठाएको कदम असंवैधानिक भएको भन्दै विरोध जनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : ०६ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले