कांग्रेसको चेतावनी : वालेन्द्रले संसद्को उपेक्षा गर्दैछन्, जवाफ दिन नआए बहिष्कार गर्छौँ « Khabarhub

कांग्रेसको चेतावनी : वालेन्द्रले संसद्को उपेक्षा गर्दैछन्, जवाफ दिन नआए बहिष्कार गर्छौँ


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाहले लगातार संसद्को उपेक्षा गरिरहेको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाहको अनुपस्थिति स्वीकार्य नहुने बताएका हुन्।

केसीले प्रधानमन्त्री उपस्थित नभएको अवस्थामा कुनै मन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफल प्रस्ताव टेबल गर्नु संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यसमा आफूहरूको आपत्ति नरहेको बताए। ‘छलफल प्रस्ताव प्रस्तुत मात्रै गर्दा हामीलाई केही आपत्ति छैन, नियमापत्ति छैन,’ उनले भने।

तर छलफलको जवाफ दिने क्रममा समेत प्रधानमन्त्री संसद्मा उपस्थित नभए नेपाली कांग्रेसले बहिष्कार गर्ने चेतावनी उनले दिए।

उनले नीति तथा कार्यक्रमलाई एक वर्षका लागि देशको कार्यदिशा र महत्त्वपूर्ण योजना भएको उल्लेख गर्दै त्यसप्रति प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने धारणा राखे।

केसीले राष्ट्रपति रामचन्द्र पौडेल ले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै बेला प्रधानमन्त्री शाह संसद्बाट बाहिरिएको घटनालाई पनि अस्वाभाविक र अनुचित भएको बताए।

‘नीति तथा कार्यक्रममाथिको छलफल प्रस्तावमा पनि नआउने, जवाफ दिन पनि नआउने कुरा स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा प्रधानमन्त्री नहुँदा मन्त्रीले गर्ने कुरा स्वीकार्छौँ, तर जवाफ दिन पनि प्रधानमन्त्री नआए त्यसलाई गम्भीर रूपमा लिनुपर्छ।’

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : ११ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले