प्रतिपक्षीले घेरेपछि सभामुखले स्थगित गरे संसद् बैठक « Khabarhub

प्रतिपक्षीले घेरेपछि सभामुखले स्थगित गरे संसद् बैठक


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरू एकजुट भएर घेरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक १५ मिनेटलाई स्थगित गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव टेबल गर्नसमेत नआएपछि प्रतिपक्षीले विरोध थालेका थिए ।

विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले १५-२० मिनेट संसद बैठक रोकेर संसदीय दलका नेता सचेतक र प्रमुख सचेतकसँग छलफल गर्न सुझाव दिएका थिए।

सभामुखले अर्यालले पेलेर अघि बढ्न खोज्दा प्रतिपक्षी आक्रोशित भए । प्रतिपक्षी नमानेपछि उनले बैठक रोकेर प्रमुख सचेतक, सचेतक, संसदीय दलका नेतासँग छलफल गर्ने भएका हुन् ।

प्रतिपक्षी दलले उभिएर निरन्तर विरोध र नाराबाजी गरेपछि संसद् १५ मिनेटलाई रोकिएको हो । विपक्षी दल श्रमसंस्कृति पार्टीले त संसद् बहिष्कार नै गरेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : २१ बजे

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि