प्रतिपक्षीले घेरेपछि सभामुखले स्थगित गरे संसद् बैठक « Khabarhub

प्रतिपक्षीले घेरेपछि सभामुखले स्थगित गरे संसद् बैठक


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरू एकजुट भएर घेरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक १५ मिनेटलाई स्थगित गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव टेबल गर्नसमेत नआएपछि प्रतिपक्षीले विरोध थालेका थिए ।

विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले १५-२० मिनेट संसद बैठक रोकेर संसदीय दलका नेता सचेतक र प्रमुख सचेतकसँग छलफल गर्न सुझाव दिएका थिए।

सभामुखले अर्यालले पेलेर अघि बढ्न खोज्दा प्रतिपक्षी आक्रोशित भए । प्रतिपक्षी नमानेपछि उनले बैठक रोकेर प्रमुख सचेतक, सचेतक, संसदीय दलका नेतासँग छलफल गर्ने भएका हुन् ।

प्रतिपक्षी दलले उभिएर निरन्तर विरोध र नाराबाजी गरेपछि संसद् १५ मिनेटलाई रोकिएको हो । विपक्षी दल श्रमसंस्कृति पार्टीले त संसद् बहिष्कार नै गरेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : २१ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले