देउवा पक्षीय कांग्रेस बागमती भेला : वृहत एकता र पुनर्जागरणको आह्वान « Khabarhub

देउवा पक्षीय कांग्रेस बागमती भेला : वृहत एकता र पुनर्जागरणको आह्वान


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय देउवा पक्षीय भेलाले पार्टीभित्र वृहत एकता, सङ्गठनात्मक पुनर्जागरण र स्पष्ट राजनीतिक दिशाका लागि महासमितिको बैठक तत्काल बोलाउनुपर्ने निष्कर्ष निकालेको छ।

बुधबारको भेलाले आन्तरिक लोकतन्त्र सुदृढ गर्दै विधान संशोधन, नेतृत्व चयन प्रक्रिया, भ्रातृ तथा शुभेच्छुक संस्थाको नियमितता र सङ्गठनात्मक सुधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

साथै, हालका निर्वाचन परिणामको समीक्षा गर्दै पार्टीभित्र देखिएका मतभेद र अनुशासनात्मक कारबाही रोक्नुपर्ने माग पनि गरिएको छ।

भेलाले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य र संसदीय परम्पराविपरीत जान थालेको भन्दै नागरिक अधिकार, विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट भूमिका लिनुपर्ने धारणा समेत अघि सारेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ४ : ३७ बजे

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६