पत्रकार महासंघले भन्यो रास्वपा सांसद खरेलको पत्रिका बन्द गर्ने धम्की निन्दनीय « Khabarhub

पत्रकार महासंघले भन्यो रास्वपा सांसद खरेलको पत्रिका बन्द गर्ने धम्की निन्दनीय


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश खरेलले पत्रिका बन्द गर्न दिएको धम्की निन्दनीय भएको जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै खरेलको धम्कीप्रति महासंघको ध्यानाकर्षण भएको बताएका हुन् । 

‘सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य जगदीश खरेलले प्रकाशित समाचारलाई लिएर राजधानी दैनिक पत्रिका बन्द गर्न धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ’, महासंघको विज्ञप्तिमा उल्लेख छ, ‘यही वैशाख २८ गते संसद् बैठकमा बोल्दै खरेलले संवैधानिक हकको ख्यालै नगरी पत्रिका बन्द गर्न धम्की दिनुलाई महासंघले असंवैधानिकमात्र होइन, निन्दनीय र विधायकलाई पटक्कै नसुहाउने व्यवहारका रुपमा लिएको छ ।’

सत्ताको आडमा विधायकले समाचारको विषयलाई लिएर फौजदारी मुद्दा बनाइ प्रहरीको साइबर ब्युरोमा उजुरी गर्नु पनि आपत्तिजनक कार्य भएको महासंघले जनाएको छ । महासंघले समाचार सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न र भविष्यमा प्रेस स्वतन्त्रताविरोधी हर्कत नदोहोर्‍याउन भनेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ४ : ५८ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम