सहमति नजुटेपछि संसद् एक घण्टादेखि अवरुद्ध « Khabarhub

सहमति नजुटेपछि संसद् एक घण्टादेखि अवरुद्ध


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो पटक स्थगित भएको प्रतिनिधिसभा बैठक सहमति नजुट्दा एक घण्टादेखि सुरु हुन सकेको छैन। सरकार पक्ष र प्रतिपक्षबीचको छलफलमा सहमित जुट्न नसकेपछि सभामुखले बैठक सञ्चालनका लागि निरन्तर प्रयास गरिरहेका छन्।

सिंहदरबारस्थित संसद् भवनमा सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतक तथा सचेतकहरूबीच सहमति जुटाउने प्रयास जारी छ। तर दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि बैठक अनिश्चित बनेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यससम्बन्धी छलफल प्रधानमन्त्रीको उपस्थितिमा मात्र अघि बढाउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध  गरेका थिए । प्रधानमन्त्री उपस्थित नभएसम्म छलफल अगाडि नबढ्ने अडान प्रतिपक्षले दोहोर्‍याएपछि बैठक दुईपटक स्थगित हुँदै  भएको हो ।

सभामुखले बैठक सञ्चालनका लागि पहल जारी राखे पनि सहमति नजुट्दा प्रक्रिया अघि बढ्न सकेको छैन।

यसैबीच, आजै बैठक पुनः बस्ने सम्भावना कम रहेको प्रतिपक्षी दलका नेताहरूले बताएका छन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदहरूले भने दलहरूबीच छलफल जारी रहेकाले बैठक सुरु हुने सम्भावना अझै बाँकी रहेको संकेत गरेका छन्।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ५ : ११ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ