लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु, १४ घाइते « Khabarhub

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु, १४ घाइते


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

 एजेन्सी– दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३ जनाको मृत्यु  हुनुका साथै अन्य १४ जना घाइते भएको जनाइएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले नबातियाह सहरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेहरूको सङ्ख्या पाँच जना पुगेको जनाएको छ । जसमा दुई जना घाइतेहरूको अवस्था चिन्ता जनक भएकाले नागरिक सुरक्षा एजेन्सिको सहयोगमा उच्च निगरानीको साथ औषधी उपचार गरिरहेको जनाइएको छ । 

नबातीह जिल्लाको जेबचित सहरमा भएको हवाई आक्रमणमा लेबनानी सैनिक र एक सिरियाली नागरिकसहित चार जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बिन्ट जेबिल जिल्लाको कफार्डोनिनमा भएको हवाई आक्रमणमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

गत मार्च –२ देखि लेबनान विरुद्ध चलिरहेको इजरायली आक्रमणमा परी मृत्यु हुनेहरूको सङ्ख्या दुई हजार ८८२ जना पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले मंगलबार घोषणा गरेको छ भने , आक्रमणका क्रममा आठ हजार ७६८ घाइते भएको जनाइएको छ  ।  

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ५ : ४५ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले