हुलाकमार्फत घर-घरमा पुर्‍याउन थालियो राहदानी « Khabarhub

हुलाकमार्फत घर-घरमा पुर्‍याउन थालियो राहदानी


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– सरकारको नीतिअनुरूप नागरिकको राहदानी हुलाकमार्फत घरघरमा पुर्‍याउन थालिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा वनेर आएका राहदानी हुलाक कार्यालयमार्फत मंगलबारदेखि सेवाग्राहीको घरमा पुर्‍याउन थालिएको हो ।

जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालका अनुसार इच्छाकामना गाउँपालिका–७ सृजना टोलका रामबाबु प्रजालाई घरमा नै राहदानी दिएर सेवाको शुभारम्भ गरिएको हो । आज १९ वटा र मंगलबार ४४ वटा राहदानी विभिन्न पालिकाहरूमा पठाइएको छ । 

मंगलबार १२ वटा राहदानी घरमा पुर्‍याएर दिइएको छ । जिल्ला हुलाक कार्यालयले छवटा पालिका हुलाक, भरतपुर महानगरपालिकाका तीन वटा हुलाक काउन्टरमध्ये दुई वटामा राहदानी पठाएको छ ।

यस्तै जिल्लाका विभिन्न पालिकामा रहेका १२ वटा अतिरिक्त हुलाक कार्यालयमा राहदानी पठाइएको छ । भरतपुर महानगरपालिकाभित्र पाँच वटा, राप्ती नगरपालिकामा चार वटा, खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक वटा अतिरिक्त हुलाक कार्यालय रहेका छन् । 

जिल्ला प्रशासन कार्यालयबाट जिल्ला हुलाक कार्यालयमा राहदानी आएपछि ठेगाना रहेको नजिकको हुलाक कार्यालयमा पठाउने गरिन्छ । त्यहाँका कर्मचारीमार्फत घरघरमा राहदानी पुग्ने गरेको हो ।

राहदानी बनाउन फारम भर्ने समयमा कहाँबाट लिने भन्ने निवेदनमा भरेपछि सोहीअनुरूप राहदानी पुग्ने गर्दछ । राहदानी घरमा नै पुर्‍याउने भएमा सोही समयमा ५५ भुक्तानी गर्नुपर्ने हुन्छ । राहदानीसँगै रसिद पनि पठाइने उनले जानकारी दिए । 

हुलाक कार्यालय र मातहतमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी रहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ७ : ३९ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा