यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला « Khabarhub

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला विजयी भएका छन् ।

पोखरामा यही वैशाख २७ गतेदेखि सुरु भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न मतदानमा सिटौलाले एक हजार ३० मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी हरिशरण केसीले ४६४ मत प्राप्त गरे ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल विजयी भएका छन् । उपाध्यक्षहरुमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी भए । सात उपाध्यक्ष पदका लागि १३ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

महासङ्घको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा डेकनाथ गौतम विजयी भए । त्यसैगरी, उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा विजयी भए । सचिवमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत ल्याएर विजयी भए।

सहकोषाध्यक्षमा शोभाखर पौडेल विजयी हुनुभएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । महाधिवेशनबाट कूल ७८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।

नवनिर्वाचित अध्यक्ष सिटौलाले नेपालको सार्वजनिक यातायात सुधारका लागि सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । ‘यातायात क्षेत्रमा धेरै समस्या छन्, नयाँ सरकार बनेको छ । हामी सरकारसँग मिलेर यस क्षेत्रको सुधारका लागि काम गर्नेछौँ’, उनले भने ।

महाधिवेशनमा देशभरबाट सार्वजनिक यातायात सञ्चालन गर्ने समिति, कम्पनी, प्रालि तथा सहकारीका गरी दुई हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १० : १२ बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई