फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी « Khabarhub

फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी


३० जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडाले आफ्नो पहिलो खेलमा बोस्निया हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको छ ।

टाेरन्टाे स्टेडियममा गएराति भएको खेलमा बोस्नियाका जोभो लुकिच र क्यानडाका साइल लरिनले आआफ्नो टोलीका लागि एक–एक गोल गरेका थिए ।

खेलको २१औँ मिनेटमा लुकिचले गोल गर्दै बोस्नियालाई सुरुवाती अग्रता दिलाएका थिए । सियाड कोलासिनाचले कर्नरबाट हेडर फ्लिक गरेपछि लुकिचले हेडमार्फत गोल गरेका थिए ।

यस्तै, क्यानडाका लारिनले ७८औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो ।

यो खेलसँगै समूह ‘बी’ का क्यानडा र बोस्निया एन्ड हर्जगोभिना दुवैले पहिलो खेलपछि एक–एक अंक जोडेका छन् । यस समूहमा स्विट्जरल्यान्ड र कतार पनि छन्।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  ६ : ०६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण