फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी « Khabarhub

फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडाले आफ्नो पहिलो खेलमा बोस्निया हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको छ ।

टाेरन्टाे स्टेडियममा गएराति भएको खेलमा बोस्नियाका जोभो लुकिच र क्यानडाका साइल लरिनले आआफ्नो टोलीका लागि एक–एक गोल गरेका थिए ।

खेलको २१औँ मिनेटमा लुकिचले गोल गर्दै बोस्नियालाई सुरुवाती अग्रता दिलाएका थिए । सियाड कोलासिनाचले कर्नरबाट हेडर फ्लिक गरेपछि लुकिचले हेडमार्फत गोल गरेका थिए ।

यस्तै, क्यानडाका लारिनले ७८औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो ।

यो खेलसँगै समूह ‘बी’ का क्यानडा र बोस्निया एन्ड हर्जगोभिना दुवैले पहिलो खेलपछि एक–एक अंक जोडेका छन् । यस समूहमा स्विट्जरल्यान्ड र कतार पनि छन्।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ६ : ०६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका