फिफा विश्वकप : अमेरिकाको सानदार सुरुवात, पाराग्वे ४–१ गोलले पराजित « Khabarhub

फिफा विश्वकप : अमेरिकाको सानदार सुरुवात, पाराग्वे ४–१ गोलले पराजित


३० जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिकाले सानदार सुरुवात गरेको छ । आज (शनिबार) बिहान लस एन्जलस स्टेडियममा भएको समूह ‘डी’ को खेलमा पाराग्वेलाई ४–१ गोलले हराउँदै अमेरिकाले विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको हो ।

अमेरिकाका लागि फोलारिन बालोगुनले दुई तथा जियोभानी रेयनाले एक गोल गरेका थिए । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो । पाराग्वेका लागि मौरिसियाले सान्त्वना गोल गरे ।

खेलको सातौँ मिनेटमा पाराग्वेका डेमियन बोबाडिल्लाले गरेको आत्मघाती गोलसँगै अमेरिकाले सुरुवाती अग्रता लिएको थियो ।

३१औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा फोलिरिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए ।

खेलको ७१औँ मिनेटमा पाराग्वेका मौरिसियोले गोल गर्दै खेललाई ३–१ गोलको स्थितिमा ल्याए । तर
दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै टोलीलाई ४–१ को जित दिलाए ।

यो जितसँगै अमेरिकाले समूह ‘डी’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  १० : ५६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण