आर्थिक तथा प्राविधिक अभावले करोडौँका डायलासिस मसिन प्रयोगविहीन « Khabarhub

आर्थिक तथा प्राविधिक अभावले करोडौँका डायलासिस मसिन प्रयोगविहीन


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पाल्हीनन्दन– भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन् । विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन् । 

नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलिखेलले बर्दघाट नगरपालिका–१४ को सहिद स्मृतिलाई विसं २०८१ मा उपलब्ध गराएको रु एक करोड २० लाख मूल्य बराबरका छ वटा डायलासिस प्रयोगविहीन छन् । 

आर्थिक अभाव र मेसिन सञ्चालनका लागि संरचना अभाव भएकाले प्रयोगविहीन भएको अस्पतालले बताएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिबीबहादुर थापाले लामो समयदेखि मेसिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीलाई सेवा दिन नसकिएको बताए। 

त्यसैगरी बुटवलस्थित मुटु अस्पतालले केही महिनाअघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको रु साढे आठ करोड बराबरका पाँच वटा डायलासिस पनि प्रयोगविहीन छन् । नगरको आफ्नै अस्पताल सञ्चालन नआएका कारण ती मेसिन सञ्चालनमा ल्याउन सकिएको छैन । 

सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले पनि आर्थिक अभाव र प्राविधिक अभावका कारण मेसिन सञ्चालनमा ल्याउन नसकिएको बताए। सुनवलमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको छ। 

यता रामग्रामस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रहेको पाँच वटा डायलासिस मेसिनले दैनिक १७ जना बिरामीलाई निरन्तर सेवा दिँदै आएको छ । बिरामीको चाप बढी भएकाले जिल्ला अस्पतालबाट सेवा लिन नसक्ने बिरामीहरू जिल्ला बाहिर जानुपर्ने अवस्था छ । 

यदि प्रयोगविहीन भएका मेसिन सञ्चालनमा आए बिरामीलाई सहज हुने नगरप्रमुख अर्यालको भनाइ छ। 
 

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  १ : ०४ बजे

बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

भद्रपुर– भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री

भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई दियो ४ करोड १ लाख

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई लक्षित गरेर ४