निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण « Khabarhub

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा मारी नबतीह शहर सहितका विभिन्न २० वटा स्थानहरूमा इजरायले आक्रमण गरेको  लेबनानले रिपोर्ट गरेको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली हवाई आक्रमणले नबातियाहबाट टाढा अवस्थित रिहान र सुजुड गाउँहरूसहित चेतावनी जारी गरिएका धेरै क्षेत्रहरूमा प्रहार गरेको बताएको छ ।

इजरायली सेनाले चेतावनीले जारी गर्दै बासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर खाली गर्न र इजरायलसँगको दक्षिणी सीमाबाट करिब ४५ किलोमिटर टाढा जहरानी नदीको उत्तरमा जान आग्रह गरेको जनाइएको छ ।

इजरायली सेनाले गत महिना नदीको दक्षिणका सबै क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गरेको थियो । शुक्रबार राति एनएनएले अली ताहेर पाहाड नजिकै विस्फोट तथा गोलाबारी भएको रिपोर्ट गरेको छ ।

दक्षिण लेबनानमा आक्रमण गर्ने इजरायली सेना माथि आक्रमण जारी राखेको बताउदै हेजबुल्लाहले आफ्ना लडाकुहरू मजदल जोन सहरतर्फ अघि बढिरहेको इजरायली सेनाको सामना गरेको बताएको छ ।

इजरायल र हेजबुल्लाह लामो समय देखि नै युद्धमा छन् भने इरान समर्थित समूहले लेबनानलाई मध्य पूर्वको द्वन्द्वमा इजरायलमा रकेट फायर गरेर अमेरिका–इजरायल आक्रमणमा इरानको सर्वोच्च नेताको हत्याको बदला लिन लगाएको जनाइएको छ ।

इजरायलले आक्रमणको अभियान निरन्तर जारी गर्दा लेबनानमा  तीन हजार ७०० भन्दा बढी मानिसहरुको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

इजरायल र हेजबुल्लाहले अप्रिलको युद्धविरामलाई नजर अन्दाज गरेका छन् भने वासिङ्टनमा भएको लेबनानी–इजरायली प्रत्यक्ष वार्ताको चौथो चरण पछि यस महिना घोषणा गरिएको सशर्त युद्धविराम सम्झौता पनि कार्यान्वयन भएको छैन । 

हेजबुल्लाहले प्रत्यक्ष वार्ता र सशर्त सम्झौतालाई अस्वीकार गरेको छ, जसमा यसलाई आक्रमणहरू रोक्न प्रस्ताव गरिएको छ भने इजरायलाई लेबनानबाट सेना फिर्ता लिन प्रस्ताव गरिएको छ तर कुनै उल्लेख्य उपलब्धि भएको जनाइएको छैन ।

इरानले लामो समय चलेको मध्यपूर्व युद्धको अन्त्य गर्न लेबनान कुनै पनि सम्झौतामा सहभागि  हुनु पर्ने एक जना वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् । 

यद्यपी लेबनानका नेताहरूले तेहरानलाई लेबनानलाई मोलतोल गर्ने बस्तुको को रूपमा व्यवहार गरेको आरोप लगाएका छन् । हेजबुल्लाहका सांसद अली फयादले शनिबार लेबनानलाई इरान युद्ध अन्त्य गर्न कुनै पनि सम्झौताको फाइदा लिन आग्रह गरेका छन् । 

लेबनानका राष्ट्रपति जोसेफ आउनले शनिबार सामाजिक सञ्जाल एक्समा  लेबनानले एक दुर्भाग्यपूर्ण परीक्षा को सामना गरिरहेको बताएका छन् ।
 

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ४ : ४१ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन