बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक  « Khabarhub

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्नेतर्फ गृहकार्य थालेको जनाएको छ । ठूलो रकम फछर्यौट नहुँदा सरकारी निकायको कार्यक्षमतामा प्रश्न उब्जिएकाले पनि नीतिगत सहजीकरण गर्न लागेको समितिको भनाइ छ । 

समितिका सभापति भरतबहादुर खड्काले वर्षौंदेखि सार्वजनिक निकायसँग बेरुजुको रकम बढ्दा सरकारी निकायप्रति नै कार्यक्षमता र कार्यशैलीतर्फ प्रश्न उब्जिएकाले पनि योजनाबद्ध र आक्रामक शैलीमा बेरुजु फछ्र्यौट गर्ने गृहकार्यमा जुटेको बताए।

‘सधैँभरि बेरुजु भनेर मात्रै हुँदैन । अब बेरुजुलाई सधैँका लागि अन्त्य गर्ने प्रयास गरेर अघि बढ्न जरुरी भइसकेको छ, पहिलो चरणमा समितिले सरकारी निकायसँग बेरुजुको अवस्था र कारणको विषयमा विस्तृत रुपमा छलफल गरेर नीतिगत रुपमा सुधार देखिने गरी काम गर्न लागिरहेका छौँ’, उनले भने।  

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले सङ्घीय सरकार मातहत मात्रै तीन खर्ब ७८ अर्ब ५३ करोड ६४ लाख बेरुजु देखाएको छ । साथै प्रदेश सरकार मातहत रु ३३ अर्ब ९६ करोड ९० लाख र स्थानीय तह मातहत दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख बेरुजु छ । त्यस्तै, समिति र अन्य संस्था मातहत भने  एक खर्ब २२ अर्ब १९ करोड ४२ लाख रकम बेरुजु रहेको जनाइएको छ । 

महालेखापरीक्षकको प्रतिवेदनअनुसार अर्थमन्त्रालय मातहत ३७ अर्ब ६३ करोड ३१ लाख बेरुजु रहेको छ भने साबिकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत सात अर्ब १० करोड ३३ लाख बेरुजु छ । 

त्यस्तै, साबिकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रु एक अर्ब ५३ करोड ६६ लाख, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रु एक अर्ब ३४ करोड ५७ लाख, साबिकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत भने रु एक अर्ब १६ करोड ६८ लाख बेरुजु छ । 

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ६ : ०९ बजे

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन

म्याच डे ४ः जापानले नेदरल्यान्ड्सलाई हराउन सक्ला ?

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत ‘म्याच–डे ४’मा आइतबार नेदरल्यान्ड्सले एसियन

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने