अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा « Khabarhub

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ । प्रहरीले नदी आसपास र विभिन्न सडकखण्डमा चाँच गर्दा पाँच वटा सवारीसाधान नियन्त्रणमा लिएको हो । 

अवैध रूपमा बालुवा उत्खनन् गरी ढुवानी गर्दै गरेको अवस्थामा प्रहरीले दुई वटा टिपर र तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । उनका अनुसार ती सवारीसाधान बागलुङ नगरपालिका-१ मालढुङ्गाबाट नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सावारीसाधानलाई कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाएको प्रहरी नायब उपरीक्षक त्वातीले जानकारी दिए ।

उनले भने, ‘सवारी चेकजाँचका क्रममा अवैध रूपमा उत्खनन् गरी ओसारपसार गरिरहेका सवारीसाधानलाई नियन्त्रणमा लिएका छौँ । ती सवारीलाई नगरपालिकाले जरिवाना गर्नेछ । प्रहरीले ठाउँठाउँमा पाँच गर्दै आएको छ, अवैध भएको थाहा पाउँनासाथ नियन्त्रण लिन्छौँ ।’

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ७ : ४९ बजे

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका