रसुवामा खाद्यसामग्री वितरण सुरु « Khabarhub

रसुवामा खाद्यसामग्री वितरण सुरु


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका अत्यावश्यक खाद्यसामग्री वितरण गरेको छ । 

बिहान तीनवटा हेलिकप्टरमार्फत १५ क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टरसमेत प्रयोग गरी बाढीप्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ ।  

भोटेकोशी बाढीले जिल्लाको मुख्य सडक तथा पुल बगाएपछि बाढी प्रभावित खैबी, डाँडा गाउँ, हाकु, ठूलो गाउँ, शेर्पा गाउँ, खाम्जिङलगायतका स्थानमा अत्यावश्यक खाद्यसामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत वितरण सुरु गरिएको जानकारी दिँदै उनले भनले, ‘आज बिहान तीन वटा हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा सामान पठाइसकिएको छ । प्राथमिकतासहित आवश्यकताका आधारमा नुन, तेल, दाल, चामललगायतका सामग्रीको व्यवस्था गरिने छ । बाढीपीडित तथा प्रभावितका पक्षमा अहोरात्र खटिरहेको सरकारी संयन्त्र उद्धार तथा राहत वितरणसँगै पुनर्निर्माण एवं पुनःस्थापनाको चरणमा प्रवेश गर्ने भएकाले नआत्तिन जिल्लावासीसँग अनुरोध छ ।’

राहत वितरणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका जनशक्ति खटिरहेको उनले जानकारी दिए ।  

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ११ : ३९ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै