म्याच डे ४ः जापानले नेदरल्यान्ड्सलाई हराउन सक्ला ? « Khabarhub

फिफा विश्वकप २०२६

म्याच डे ४ः जापानले नेदरल्यान्ड्सलाई हराउन सक्ला ?


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत ‘म्याच–डे ४’मा आइतबार नेदरल्यान्ड्सले एसियन पावरहाउस जापानसँग खेल्दैछ । समूह ‘एफ’को यो खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे हुनेछ ।

युरोपियन च्याम्पियनसिप २०२४ को सेमिफाइनलिस्ट नेदरल्यान्ड्सले फिफा विश्वकपको गत संस्करणमा अन्तिम आठसम्मको यात्रा गरेको थियो ।

तीनपटकको उपविजेता नेदरल्यान्ड्स आफ्नो १२औं विश्वकप अनुभव लिइरहेको छ । यसपाली टोलीको पहिलो लक्ष्य भनेको नकआउट चरणमा स्थान बनाउनु हो । त्यसपछि कम्तिमा सेमिफाइनलमा पुग्नु हुनेछ ।

टोलीले १९९४ यता भएका समूह चरणका १६ खेलमा पराजय बेहोरेको छैन । १९९४ अमेरिका विश्वकपमा टोलीको क्याप्टेन आर्मब्यान्ड रोनाल्ड कोम्यानले लगाएका थिए । ३२ वर्षपछि उनले डच टोलीको टचलाइन सम्हाल्दैछन् ।

जापानको चाँही यो आठौं विश्वकप सहभागिता हो । समूह चरणमा राम्रो प्रभाव छाडे पनि जापान अहिलेसम्म अन्तिम १६ भन्दा माथि जान सकेको छैन । सन् २००२ मा जापानले दक्षिण कोरियासँग मिलेर विश्वकप आयोजना गरेको थियो । त्यतिबेला पनि टोली अन्तिम १६ मै रोकिएको थियो । जतिबेला कोरिया सेमिफाइनलसम्म पुगेको थियो ।

फिफा वरियतमा जापान १८औं स्थानमा छ । विपक्षी नेदरल्यान्ड्सभन्दा १० स्थान पछाडि । तर, डच टोलीलाई चुनौती दिन जापान तयार छ । जापानको लय पनि गज्जबको छ । टोलीले खेलेका पछिल्ला ६ मैत्रीपूर्ण खेलमा सतप्रतिसत जितको नतिजा निकालेको छ । जसमा ब्राजिलविरुद्धको जित पनि समावेश छ । अक्टोबरमा २–० ले पछाडि परिसकेको अवस्थामा जापानले ब्राजिलमाथि ३–२ को पुनरागमन जित हासिल गरेको थियो । त्यो पनि ‘अवे’ मैदानमा ।

जापानले एएफसी छनोट प्रतियोगितामा सर्वाधिक ५४ गोल गरेको थियो । तीन देशले संयुक्त रुपमा आयोजना गरिरहेको विश्वकपको टिकट काट्ने जापान पहिलो टोली थियो । छनोट यात्रामा जापानले तीन गोल मात्र खाएको थियो । जसका कारण यसपाली जापानको यात्रा अहिलेसम्मकै उच्च हुने अनुमान गरिएको छ ।

गत संस्करण जापानले समूह चरणमा दुई एलिट टोलीको चुनौतीलाई पाखा लगायो । महारथीहरु स्पेन र जर्मनी जापानसँग स्तब्ध भएका थिए । तर, अन्तिम १६ मा टोली दूर्भाग्यजनक तरिकाले क्रोएसियासँग पेनाल्टी सुटआउटमा हार्न पुग्यो ।

विश्वकपमा जापान र नेदरल्यान्ड्सले अहिलेसम्म एकैपटक मात्र एकअर्कासँग प्रतिस्पर्धा गरेका छन् । सन् २०१० मा पनि यी दुई एउटै समूहमा थिए । त्यतिबेला खेलको नतिजा १–० ले नेदरल्यान्ड्सको पक्षमा गएको थियो । अन्त्यमा दुवैले अन्तिम १६ मा स्थान बनाए ।

अन्तिम वार्म अप खेलमा पहिलो रोजाईका गोलकिपर बार्ट भरब्रुगेनलाई हिपमा केही समस्या आइपरेको थियो । त्यसैले जापानविरुद्ध कोम्यानले गोलकिपरमा कसलाई खेलाउनेछन्, त्यो अहिले नै भन्न सकिने अवस्था छैन । बार्टको स्थिति गम्भीर हो भने उनको ठाउँमा सम्भवतः बायर लेभरकुसनका मार्क फ्लेक्केनले खेल्नेछन् ।

विश्वकप २०२६ अभियानमा नेदरल्यान्ड्सलाई इन्जुरीले धेरै नै सतायो । आर्सनलका रक्षक युरियन टिम्बर ग्रोइन इन्जुरीका कारण विश्वकप गुमाउन बाध्य भए । त्यस्तै इन्जुरीकै कारण सेन्टरब्याक म्याथिस डी लाइट र विंगर जाबी सिमन्स पनि टोलीमा छैनन् ।

जापानको हकमा कप्तान वाटारु एन्डोले विश्वकप खेल्नेछैनन् । खुट्टाको चोट निको नहुँदा लिभरपुलका मिडफिल्डरले विश्वकपको मुखैमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरे । एन्डोसँगै ब्राइटनका विंगर काओरु मितोमा पनि विश्वकप टोलीमा छुटेका छन् ।

समूह ‘एफ’अन्तर्गत नै जापान र नेदरल्यान्ड्सको खेलपछि सोमबार बिहान ७ः४५ बजे स्विडेन र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ९ : ०८ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील