क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू « Khabarhub

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २५ जना कलाकारले क्यान्भासमा यहाँका २५ सम्पदा उतारेका छन् । गत शनिबारदेखि सुरु भएको ‘चित्रकलामा मध्यपुरका सम्पदाहरू’ शीर्षकको कार्यशाला आयोजना गरी कलाकारले चित्रण गरेका चित्रकला आज यहाँको बोडेमा प्रदर्शन गरिएको छ ।

यहाँ २० वटा भौतिक र चार वटा अभौतिक सम्पदाका चित्र क्यान्भासमा सजिएका छन् । आज बोडेस्थित मध्यपुर थिमी नगरपाकिला वडा नं ८ को प्राङ्गण महालक्ष्मीस्थानमा उक्त चित्रकला प्रदर्शन गरिएको छ । मध्यपुर थिमि नगरपालिका–८ बोडेको आयोजना तथा एमेजिङ आर्ट एन्ड ट्रेनिङ सेन्टरको संयोजनमा उक्त कार्यक्रम सुरु भएको हो । कार्यशालामा शनिबारीय स्थलगत चित्रकला कार्यशाला अभियानको सहकार्य छ ।

आजको प्रदर्शनीका अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले दैनिक रूपमा हिँड्दा देखिरहने क्षेत्रलाई क्यान्भासमा नियाल्दा छुट्टै आनन्द र मौलिकता देखिएको बताए । उनले यस क्षेत्रमा ७५० भन्दा बढी मूर्तअमूर्त सम्पदा रहेका जानकारी दिँदै यो चित्रकला कार्यशाला र प्रदर्शनीले पालिकाको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

यस क्षेत्रलाई पर्यटन विकास गर्ने योजनासहित कार्यशाला आयोजना गरिएको बताउँदै नगरप्रमुख श्रेष्ठले यहाँका कला, संस्कृति र पर्वहरू राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रसम्म देखाउन आवश्यक रहेको उल्लेख गरे। यस्ता कला कार्यशाला व्यापक बनाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मध्यपुर थिमि नगरपालिका–८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठले सम्पदाहरूको चित्र उतारेर सहयोग गर्ने कलाकारलाई धन्यवाद दिँदै जीवन्त सम्पदाको चित्रकलामा दस्तावेजीकरण भएको बताए । यहाँ भौतिक र अभौतिक सम्पदा धेरै रहेका भन्दै ती सम्पदाको प्रचारप्रसार नहुँदा बिक्री गर्न नसकिएको उल्लेख गर्नुभयो । यस्ता कार्यक्रम आयोजना गरी पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको जनाउँदै उनले पर्यटन क्षेत्रबाट आर्थिक रुपान्तरण गर्ने सोचका साथ काम थालिएको बताए ।

शनिबारीय चित्रकला कार्यशाला अभियानका कार्यक्रम संयोजक दिवेश प्रधानले आज २५ वटा सम्पदालाई चित्रमा उतारेर हस्तान्तरण गरिएको जनाउँदै यसमार्फत प्रचारप्रसरा भई पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । यसअघि पनि मध्यपुरमा चित्रकला कार्यशाला आयोजना गरेर यहाँको सम्पदाको संरक्षणमा आफूहरूले काम गरिसकेको उल्लेख गर्दै उनले यहाँ २० वटा भौतिक र पाँच अभौतिक गरी मध्यपुरका विभन्नि २५ वटा सम्पदा क्यान्भासमा उतारिएको जानकारी दिए ।

उक्त कार्यशालामा सहभागी कलाकारहरू राजेन्द्र याकामीले ‘सिद्धिकाली’, दिपेन्द्रमान बनेपालीले ‘दिगु भैरव’, दिवेश प्रधानले ‘गुँगः चिवाः’, पुण्यराम माताँले ‘सिद्धीगणेश’, कान्छाकाजी भासिमाले ‘भूलाँखेल’, झलक केसीले ‘नारायणम लाछी’, हरि प्रजापतिले ‘जिब्रो छेड्ने जात्रा’, प्रविण श्रेष्ठले ‘भैरव नाच’, कृष्णपुकार श्रेष्ठले ‘नारायण मन्दिर’, जुजुभाई बासँ श्रेष्ठले ‘नीलबाराही’, लक्ष्मीप्रसाद खोटेजाले ‘विष्णुविट’ र रुविन वादेले ‘पाँचो गणेश’ उतारेका छन् ।

त्यस्तै, कलाकार लाक्पा शेर्पाले ‘स्तुपा’, मिलन थापाले ‘दक्षिण बाराही’, मङ्गलकृष्ण प्रजापतिले ‘बिस्केट जात्रा’, चन्द्रा श्रेष्ठले ‘चपाचो गणेश’, राधेश्याम कर्माचार्यले ‘लोकेश्वर’, गौरीमाया कोजुले ‘प्रथम गणेश’, सुन्दर श्रेष्ठले ‘स्वेतभैरव’, अर्वित प्रजापतिले ‘बोदे’, विशाल मानन्धरले ‘पुलिकिसी’, अजेश तृक्षले ‘निलबाराही नाच’, विवेश श्रेष्ठले ‘कुमारी पार्क’ र पूजा दुवालले ‘महालक्ष्मी’लाई क्यान्भासमा उतार्नुभएको छ । चित्रलाई ‘बुकलेट’का रूपमा प्रचारप्रसार गर्न उपयोग गरिने र सङ्ग्रहालय बनाएर राख्ने योजना रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ९ : १८ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७