विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी? « Khabarhub

विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी?

फ्रान्स र स्पेनबीच प्रतिष्ठाको लडाइँ


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली महारथी फ्रान्स र स्पेनबीच रोमाञ्चक भिडन्त हुँदैछ। विश्व फुटबलकै प्रतिष्ठित र पुरानो प्रतिद्वन्द्वी मानिने यी दुई टोलीबीचको खेललाई यस विश्वकपको सबैभन्दा प्रतिक्षित खेलका रूपमा हेरिएको छ।

टेक्ससको अर्लिङटनस्थित ७० हजार ६४९ दर्शक क्षमताको ड्यालस स्टेडियममा हुने यस खेलमा विश्व फुटबलका दुई युवा स्टार किलियन एम्बाप्पे र लामिन यामाल आमनेसामने हुनेछन्। स्पेनिस ला लिगाको ‘एल क्लासिको’ मा रियल मड्रिड र बार्सिलोनाबाट खेल्दै आएका यी दुई खेलाडी यस पटक भने विश्वकप फाइनलमा भिड्न लागेका हुन्।

फ्रान्स बलियो दाबेदार
‘अप्टा’ को सुपर कम्प्युटरले गरेको प्रक्षेपणअनुसार निर्धारित ९० मिनेटको खेलमा फ्रान्सको जित्ने सम्भावना ४२.१ प्रतिशत छ भने स्पेनको जित्ने सम्भावना ३१.८ प्रतिशत मात्र छ। खेल अतिरिक्त समयमा जाने सम्भावना २६.१ प्रतिशत अनुमान गरिएको छ।

तस्बिर एफपी

हेड-टु-हेडमा स्पेन अगाडि
तथ्याङ्क हेर्दा स्पेन फ्रान्समाथि केही हाबी देखिन्छ। यी दुई टोलीबीच हालसम्म भएका ३८ भेटमा स्पेनले १८ खेल जितेको छ भने फ्रान्स १३ खेलमा विजयी भएको छ। बाँकी ७ खेल बराबरीमा सकिएका छन्। उनीहरूबीचको पछिल्लो भेट एक वर्षअघि सन् २०२५ को युइएफए नेसन्स लिगको सेमिफाइनलमा भएको थियो, जहाँ यामालको दुई गोलको मद्दतले स्पेन ५–४ ले विजयी भएको थियो। त्यसअघि युरो २०२४ को सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई २–१ ले हराएको थियो।

विश्वकपको इतिहासमा भने यी दुई टोली सन् २००६ मा मात्र एक पटक आमनेसामने भएका थिए। जहाँ जिनेदिन जिदानको कप्तानीमा रहेको फ्रान्सले स्पेनलाई ३–१ ले पराजित गरेको थियो।

मुख्य खेलाडी र रणनीति
जारी प्रतियोगितामा फ्रान्सका लागि कप्तान एम्बाप्पे मुख्य हतियार हुन्। उनले हालसम्म ८ गोल र ३ असिस्ट गर्दै गोल्डेन बुटको दौडमा अग्रता बनाएका छन्। ओस्मान डेम्बेले र माइकल ओलिसेको साथले फ्रान्सको आक्रमण पङ्क्ति निकै धारिलो छ। समूह चरणमा केही कमजोर रक्षापङ्क्ति देखिए पनि फ्रान्सले नकआउट चरणका तीनै खेलमा उत्कृष्ट खेल खेलेको छ ।

अर्कोतर्फ, स्पेनको मुख्य शक्ति उसको बलियो रक्षापङ्क्ति हो। स्पेनले प्रतियोगिताका ५ खेलमा मात्र १ गोल खाएको छ। आक्रमणमा भने स्पेन केही सुस्त देखिएको छ। चोटबाट फर्किएका यामालले अहिलेसम्म पूर्ण लय समात्न सकेका छैनन् भने मिकेल ओयार्जाबालले सर्वाधिक ४ गोल गरेका छन्। पछिल्ला दुई नकआउट खेलमा स्पेनले अतिरिक्त समयमा मिकेल मेरिनोको ढिलो गोलको मद्दतले जित निकालेको थियो।

विगतको इतिहासमा फ्रान्सले दुई (१९९८, २०१८) र स्पेनले एक पटक (२०१०) विश्वकपको उपाधि जितेका छन्। स महाभिडन्तमा कुन टोलीले फाइनलको यात्रा तय गर्ला, त्यो भने मंगलबारको खेलले नै निर्धारण गर्नेछ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : ३५ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि