पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध « Khabarhub

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ ।

पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । 

पहिरो सडक क्षति भएको सडक खुलाउने प्रयास भइरहेको उनले बताए । पहिलोका कारण सडक पूर्ण रुपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प छ । 

लेदोसहितको पहिरो बगिरहेको हुँदा सडक खुलाउन समस्या भइरहेको  नायव उपरीक्षक त्वातीले जानकारी दिए । कोरिडोरको वैकल्पिक सडक नहुँदा सडक नखुल्दासम्म यात्रु त्यही रहनुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १२ : ३४ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण