कैलालीका नदीमा डल्फिनको चहलपहल « Khabarhub

कैलालीका नदीमा डल्फिनको चहलपहल


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी– नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ । 

कर्णालीका सहायक नदीअन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन् । 

संरक्षणकर्मी भोजराज ढुङ्गानाले नदीमा जलस्तर बढेसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका हुन् । ‘यस वर्ष पहिलो पटक असार १६ गते एउटा बच्चासहित तीन वटा डल्फिन देखिएका थिए । वर्षा ढिलो भएकाले अघिल्ला वर्षको तुलनामा ढिला गरी डल्फिन आएको हो’, उनले भने ।

काँढा नदीमा पानीको सतह न्यून रहेकाले डल्फिन देखिएका थिएनन् । टीकापुर–७ र भजनी नगरपालिका–८ को मोहना र पथरैया नदीको दोभानमा डल्फिन नियमित देखिन थालेका छन् ।
 
कर्णालीका सहायक नदी मोहना, पथरैया, काँडा र कान्द्रालगायत क्षेत्रमा हरेक वर्ष मनसुनका बेला डल्फिन देखिने गर्छन् । नेपाल र भारतका विभिन्न नदी प्रणालीमा बसोबास गर्ने डल्फिन मनसुन अवधिभर कर्णालीका सहायक नदीमा बस्ने र करिब तीन महिनापछि पुनः कर्णाली नदीतर्फ फर्कने गरेको संरक्षणकर्मी ढुङ्गानाले जानकारी दिए । 

डल्फिनका मुख्य आहारा माछा, घोँगी तथा लेउ हो । यहाँ पाइने प्लाटानिस्टा ग्याङ्गेटिका प्रजातिको डल्फिन नेपालसँगै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइने दुर्लभ जलचर हो ।

संरक्षणका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), तराई भू परिधि कार्यक्रम, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुर, टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 

कर्णाली नदीमा पहिलोपटक विसं २०५४ मा डल्फिन अभिलेख गरिएको थियो । स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे) ले पहिलो पटक डल्फिन देखेपछि यसको प्रचारप्रसार र संरक्षण अभियान सुरु गरेका थिए । 

मनसुनका बेला डल्फिन अवलोकन गर्न भारत, चीन, थाइल्यान्ड, जापान, अमेरिकालगायतका मुलुकबाट  पर्यटक आउने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरेको छ । रासस

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १ : १६ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको