राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै « Khabarhub

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले एक वर्ष अवधिको लागि उक्त ऋणपत्र जारी गर्न लागेको हो ।

यस ऋणपत्रको बोलकबोल आजै ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत मात्र हुनेछ । ऋणपत्रको निष्कासन पनि नै गरिने सूचनामा उल्लेख छ ।

सूचना अनुसार यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ भने सावाँ भुक्तानी २०८४ असार २९ गते हुनेछ । यो ऋणपत्रलाई राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ  ।

यस ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्ने जनाइएको छ ।

यस ऋणपत्रमा गरिएको लगानीलाई बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य नगद मौज्दात मा गणना गर्न पाउने छैनन् । तर, यसलाई वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ ।

बोलकबोलमा सहभागी भई सफल भएका संस्थाहरूको खाताबाट निष्कासनकै दिन रकम खर्च गरी ऋणपत्र जारी गरिनेछ । यदि खातामा पर्याप्त मौज्दात नभई रकम भुक्तानी हुन नसकेमा त्यस्ता संस्थाको बोल रद्द गरी २.५० प्रतिशत जरिवाना गरिने र ६ महिनासम्म कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइने बैंकले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १ : २० बजे

स्कोडा नेपालले सार्वजनिक गर्‍यो फेसलिफ्ट गरिएको नयाँ कुशाक एसयूभी, मूल्य कति ?

काठमाडौं– स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स

गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार

काठमाडौं- सरकार समर्थित समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति

भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

भक्तपुर– जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा