इङ्ग्ल्यान्ड-अर्जेन्टिना प्रतिद्वन्द्विता : म्याराडोनाको ‘ह्यान्ड अफ गड’देखि चेरी-बेर्टोनी कुटाकुटसम्म « Khabarhub

इङ्ग्ल्यान्ड-अर्जेन्टिना प्रतिद्वन्द्विता : म्याराडोनाको ‘ह्यान्ड अफ गड’देखि चेरी-बेर्टोनी कुटाकुटसम्म


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनल खेल नजिकिँदै गर्दा खासगरी इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचका पुराना विवादहरू बाहिरिन थालेका छन् ।

यी दुई टोली २४ वर्षपछि पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा आमनेसामने हुन लाग्दा पुराना राजनीतिक विवाद पनि सामाजिक सञ्जालमा पोखिन लागेका हुन् ।

क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डले एक गोलले पछि परेको अवस्था उल्टाउँदै नर्वेलाई २–१ ले पराजित गरेको थियो। जुड बेलिङ्घमले इङ्ग्ल्यान्डका दुवै गोल गर्दै टोलीलाई इतिहासमा चौथो पटक विश्वकपको अन्तिम चारमा पुर्‍याए।

अब बुधबारको सेमिफाइनलमा इङ्ग्ल्यान्डको सामना पुरानो प्रतिद्वन्द्वी अर्जेन्टिनासँग हुँदैछ । अर्जेन्टिना साविक विजेता हो ।

यी दुई टोलीबीच सन् २००५ मा भएको मैत्रीपूर्ण खेलपछि कुनै पनि प्रतियोगितात्मक वा मैत्रीपूर्ण खेल अहिलेसम्म भएको छैन। त्यसबेला इङ्ग्ल्यान्डले ३–२ को जित निकालेको थियो।

तर लामो अन्तरालका बाबजुद यी दुई टोलीबीचका विगतका भेटहरू विवाद र चर्चित घटनाले भरिएका छन्। तीमध्ये पाँच महत्वपूर्ण विवाद र सम्झिनै पर्ने क्षण आउनुस् स्मरण गरौँ ।

१. एन्टोनियो राट्टिनलाई मैदानबाट निकालेको घटना (१९६६)

सन् १९६६ विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिनाका कप्तान एन्टोनियो राट्टिनलाई प्रहरीले मैदानबाट निकालेको थियो । आफ्नो निर्णयमा असहमति जनाएको आरोपमा जर्मन रेफ्री रुडोल्फ क्राइटलाइनले मैदानबाट बाहिर जान आदेश दिएका थिए।

तर रेफ्रीको भाषा नबुझेपछि राट्टिनले दोभाषे मागेर करिब १० मिनेटसम्म मैदान छाड्न अस्वीकार गरे। अन्ततः प्रहरी बोलाएर उनलाई मैदानबाट बाहिर लगिएको थियो।

त्यतिबेला पहेँलो र रातो कार्ड दुवैको व्यवस्था थिएन। यही घटनापछि फुटबलमा पहेँलो र रातो कार्डको प्रणाली लागू गर्ने निर्णय भएको बताइन्छ ।

राट्टिनको ११ जुलाई २०२६ मा ८९ वर्षको उमेरमा निधन भयो। त्यही भएर उनको सम्झनामा अर्जेन्टिनाले यसअघि स्विट्जरल्यान्डविरुद्धको खेलमा कालो पट्टी बाँधेर खेलेको थियो।

२. ड्यानियल बेर्टोनीको मुक्का

सन् १९७७ मा ब्युनस आयर्सस्थित ला बोम्बोनेरा रंगशालामा भएको मैत्रीपूर्ण खेलमा इङ्ग्ल्यान्डका ट्रेभर चेरीले अर्जेन्टिनाका ड्यानियल बेर्टोनीलाई पछाडिबाट कडा ट्याकल गरे ।

यसको प्रतिक्रियास्वरूप बेर्टोनी उठेर चेरीको मुखमा मुक्का हानिदए । उक्त कडा मुक्का प्रहारबाट चेरीका अगाडिका दुई दाँत नै भाँचिएका थिए।

घटनापछि दुवै खेलाडीलाई रातो कार्ड देखाएर बाहिर पठाइयो । यससँगै चेरी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रातो कार्ड पाउने इङ्ग्ल्यान्डका पहिलो खेलाडी बने।

३. पोचेटिनोको फाउल र डेभिड बेकह्यामको निर्णायक पेनाल्टी (२००२)

सन् २००२ विश्वकपको समूह चरणमा माइकल ओवेनमाथि माउरिसियो पोचेटिनोले फाउल गरेको भन्दै रेफ्री पियरलुइजी कोलिनाले इङ्ग्ल्यान्डलाई पेनाल्टी दिए ।

डेभिड बेकह्यामले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै इङ्ग्ल्यान्डलाई १–० को जित दिलाए। त्यसको परिणामस्वरूप इङ्ग्ल्यान्ड नकआउट चरणमा पुग्यो भने अर्जेन्टिना समूह चरणबाटै बाहिरियो।

त्यसपछि सन् २०१६ मा टोटेनहमका प्रशिक्षक रहेका पोचेटिनोले भनेका थिए, ‘१५ वर्षअघि ओवेनले डाइभ गरेका थिए। मलाई छोएकै थिएन। म कसम खान्छु, त्यो सत्य हो।’

४. बेकह्यामको रातो कार्ड (१९९८)

सन् १९९८ विश्वकपको अन्तिम १६ मा भएको खेलमा डेभिड बेकह्यामले अर्जेन्टिनाका डिएगो सिमियोनेको फाउलपछि प्रतिशोधस्वरूप खुट्टा चलाउँदा रातो कार्ड पाए।

त्यतिबेला उक्त खेल २–२ को बराबरीमा थियो। इङ्ग्ल्यान्डका लागि एलन शियरर र माइकल ओवेनले गोल गरे। अर्जेन्टिनाका लागि गाब्रियल बाटिस्टुटा र हाभियर जानेट्टीले गोल गरेका थिए।

१० खेलाडीमा सीमित भए पनि इङ्ग्ल्यान्डले खेललाई पेनाल्टी सुटआउटसम्म पुर्‍यायो। तर पेनाल्टीमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

५. डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’ (१९८६)

सन् १९८६ विश्वकपको क्वार्टरफाइनलमा डिएगो म्याराडोनाले गरेको ‘ह्यान्ड अफ गड’ गोल फुटबल इतिहासकै सबैभन्दा विवादास्पद घटनामध्ये एक मानिन्छ।

दोस्रो हाफको सुरुवातमै म्याराडोनाले इङ्ग्ल्यान्डका गोलरक्षक पिटर शिल्टनभन्दा अगाडि पुगेर हातले बललाई जाली चुमाएका थिए। तर रेफ्री अली बिन नासेरले त्यो देख्न नसकेपछि गोललाई मान्यता दिए।

इङ्ग्ल्यान्डका खेलाडीले कडा विरोध गरे पनि निर्णय परिवर्तन भएन । त्यसको चार मिनेटपछि म्याराडोनाले आफ्नै क्षेत्रबाट बल अघि बढाउँदै चार इङ्ग्लिस खेलाडीलाई छलाएर अर्को उत्कृष्ट गोल गरे, जसलाई ‘गोल अफ द सेन्चुरी’ भनिन्छ । अर्जेन्टिनाले खेल २–१ ले जित्यो । उसले त्यसको एक सातापछि दोस्रो पटक विश्वकपको उपाधि जित्न सफल भयो।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  २ : २७ बजे

पहिरोमा परेर दुई जनाको मृत्यु

मान्म– कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको

झापाका पाँच सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण

काठमाडौं- भूमि समस्या समाधान समिति आयोगले झापाका पाँच जग्गाविहीन सुकुम्वासी

मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकलाई केन्द्रमा

महिलाको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील

बुटवलमा ई-रिक्साको धर्ना (तस्बिरहरू)

काठमाडौं– बुटवलमा दर्ता भएका मात्र रिक्सा सञ्चालन हुनुपर्ने माग गर्दै