एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार « Khabarhub

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर गरिएको तर्साउने प्रयासको निन्दा गरेको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विभिन्न सञ्चारगृहका कार्यालयअघि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरेर पत्रकारको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाको भर्त्सना गरेका छन्।

सोमबार जारी विज्ञप्तिमा आचार्यले कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयको मूल गेटमै सवारी साधन तेर्स्याएर पत्रकार तथा सञ्चारकर्मीलाई काममा जान रोक लगाइएको घटनालाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताएका छन्।

उनले सोमबार बिहानैदेखि तिनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय प्रवेशद्वार अवरुद्ध पारिएको उल्लेख गर्दै स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको बताएका छन्।

आचार्यले सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने तथा काममा अवरोध पुर्‍याउने उक्त घटनालाई निन्दनीय र रहस्यमय भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै उनले जनताले दिएको जनादेश जनहितका लागि प्रयोग हुनुपर्ने भए पनि त्यसको स्वेच्छाचारी दुरुपयोग हुनु गम्भीर विषय भएको टिप्पणी गरेका छन्।

एमालेले यस घटनाका सम्बन्धमा नेपाल पत्रकार महासंघले अघि सारेका मागप्रति पूर्ण समर्थन रहेको पनि जनाएको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ३ : १० बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना