मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने « Khabarhub

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने कथावस्तुका फिल्मलाई मुलुकभित्र प्रदर्शन अनुमति नदिने भएको छ।

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई निर्देशनसहितको पत्र लेख्दै त्यस्ता खालका फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति नदिने जनाएको हो।

जाँच समितिले जाँचको लागि सिफारिस गर्ने निकाय चलचित्र विकास बोर्डलाई चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८(३) को स्मरण गराएको छ।

उक्त दफामा ‘कुनै चलचित्र वा त्यसको कुनै भाग नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने देखिएमा त्यस्तो चलचित्रलाई प्रदर्शन गर्न चलचित्र जाँच समितिले अनुमति दिने छैन’ भनिएको छ।

यो प्रावधानलाई पूर्ण रूपमा पालना गर्नुपर्ने बताउँदै मन्त्रालयले चलचित्र जाँचपासको लागि प्राप्त भएमा उक्त ऐनको दफा ८ (३) बमोजिम चलचित्र जाँच समितिबाट अनुमति दिन नसकिने व्यहोराबारे मन्त्रालयले पत्रमा उल्लेख गरेको छ।

यसबारे निर्माता, वितरक र सरोकारवाला सबैलाई पत्राचार तथा आवश्यक समन्वय गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ।

गतसाता आलिया भट्ट अभिनीत भारतीय फिल्म ‘अल्फा’बारे विवाद भएको पृष्ठभूमिमा मन्त्रालयले यस्तो निर्णय गरेको हो।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १० : ४० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले