मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी « Khabarhub

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार मध्यराति आएको भीषण बाढीले दुई वटा मेटल पुल बगाएको छ। बाढीका कारण अन्नपूर्ण माता मन्दिर परिसरमा थपिएका सन्त–पुजारीसहित तीन जना फसेका छन्।

अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित बिरेठाँटी नजिक मोदीखोलाको बिच भागमा रहेको अन्नपूर्ण माता मन्दिर जाने-आउने दुवैतर्फ (कास्की र पर्वत जोड्ने) का मेटल पुल राति बाढीले बगाएको हो। बाढीले मन्दिरको तल्लो आधा भागमा समेत क्षति पुर्‍याएको छ।

बाढीका कारण मन्दिर परिसरमै एक जना पुजारी र दुई जना भक्तजन थुनिएका छन्। उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट विशेष टोली खटिएको छ।

सशस्त्र प्रहरीका अनुसार चार जना रोप-रेस्क्यु गर्ने र तीन जना गोताखोरसहितको तालिमप्राप्त टोली आवश्यक विपद् उद्धार सामग्रीसहित राति नै घटनास्थल पुगिसकेको छ।

सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार फसेका मानिसलाई सुरक्षित बाहिर निकाल्न उज्यालो भएपछि उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको छ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ७ : ५९ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण