काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा « Khabarhub

काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

अविरल वर्षाका कारण बिहीबार बिहान करिब २:१५ बजे पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण काठमाडौं र मुग्लिनतर्फ जाने–आउने सवारीसाधन प्रभावित भएका थिए ।

धादिङ प्रहरीले चार वटा उपकरण प्रयोग गरी पहिरो हटाएपछि शुक्रबार बिहान ८ बजेदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको जनाएको छ ।

पहिरो हटाएर सडक सञ्चालनमा आए पनि वर्षा भइरहेकाले सडकमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : ४४ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान