राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै « Khabarhub

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । 

बैंकमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ‘१ महिने निक्षेप संकलन उपकरण’ मार्फत उक्त रकम संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार यस निक्षेप संकलनका लागि शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणाली मार्फत आवेदन दिन सकिनेछ । यसको निष्कासन पनि आजै गरिने सूचनामा उल्लेख छ ।

सूचनाअनुसार यो निक्षेप संकलन उपकरणको अवधि ३५ दिनको रहनेछ र यसको सावाँ तथा ब्याज भुक्तानी आगामी असोज २ गते हुनेछ । 

निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ । इच्छुक संस्थाहरूले बहु–ब्याजदरमा पनि बोलकबोल गर्न सक्नेछन् ।

सो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् भने लगानीकर्ताले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा कम ब्याजदर उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ । यदि समान ब्याजदर भएमा प्रो–राटा बेसिसमा बाँडफाँड गरिनेछ ।

सूचना अनुसार संकलन गरिएको निक्षेप रकमलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् । 

तर, यसलाई वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न पाइने सुविधा छ । 

साथै, यो निक्षेपलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।
 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १२ : ०६ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक