विषाक्त खानाबाट इन्डोनेसियामा २६९ विद्यार्थी बिरामी « Khabarhub

विषाक्त खानाबाट इन्डोनेसियामा २६९ विद्यार्थी बिरामी


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि बिरामी परेका कम्तीमा २६९ विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार कारो रिजेन्सीका पाँच विद्यालयका विद्यार्थीमा बिहीबारदेखि खाना विषाक्तताका लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको हो ।

बिरामी विद्यार्थीमा वाकवाकी लाग्ने, बान्ता हुने, छालामा एलर्जी देखिने तथा केहीलाई सास फेर्नसमेत गाह्रो हुने समस्या देखिएको छ। उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय शिक्षा अधिकारी जुल्करनैन बारुसले विद्यार्थीले खाएको माछाको तरकारीमा समस्या भएको आशंका गरिएको बताए। उक्त खाना आपूर्ति गर्ने भान्साबाट नमूना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको उनले जानकारी दिए।

बारुसले अस्पताल भर्ना भएका सबै विद्यार्थीको अवस्था अहिले स्थिर रहेको पुष्टि गरे । घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १ : १५ बजे

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर