देउवा समूहको भेलामा ब्यानरमा देउवा र शशांकको फोटो « Khabarhub

देउवा समूहको भेलामा ब्यानरमा देउवा र शशांकको फोटो


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति शेरबहादुर देउवा र डा. शशांक कोइरालाको तस्बिर राखिएको छ।

आज आयोजित राष्ट्रिय भेलामा ७ हजारभन्दा बढी नेता, कार्यकर्ता तथा कांग्रेस शुभेच्छुक सहभागी हुने दाबी आयोजकले गरेको छ। 

भेलाको कार्यक्रम व्यवस्थापन तथा सञ्चालनको संयोजन शशांक कोइरालाले गरिरहेका छन्।

भेलास्थलमा राखिएको ब्यानरको एकातर्फ पूर्वसभापति शेरबहादुर देउवा र अर्कोतर्फ बीपी कोइरालाका पुत्र डा. शशांक कोइरालाको तस्बिर राखिएको छ।

यसअघि देउवा समूहका कार्यक्रमका ब्यानरमा प्रायः देउवाको मात्रै तस्बिर राखिने गरेकोमा यसपटक भेलाको संयोजन गरिरहेका शशाङ्कको तस्बिरसमेत राखिएको हो।

भेलामा डा. शशांक कोइरालासँगै डा. शेखर कोइराला पनि सहभागी छन्। करिब पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका देउवा भेलाका प्रमुख अतिथि छन्। उनले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

कांग्रेसको नयाँ नेतृत्वलाई लिएर पार्टीभित्र विवाद र शक्ति समीकरण चलिरहेका बेला देउवा समूहको भेलामा शशाङ्कको सक्रिय सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  २ : १८ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको