‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’ « Khabarhub

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलाले आधिकारिक पार्टीलाई कुनै पनि असर पुर्‍याउन नहुने बताएकी छन् ।

सामान्य रूपमा भेला गर्न पाउने भए पनि त्यस्ता भेलाबाट पार्टी विभाजन गर्ने वा नेता–कार्यकर्तालाई भड्काउने गतिविधि हुनु दुःखदायी भएको भुसालको भनाइ छ ।

‘सामान्य ढङ्गले भेला गर्न पाइन्छ, तर त्यो भेलाले पार्टी विभाजन र नेताहरूलाई असर पार्ने काम गर्नु भएन। आधिकारिक पार्टीलाई त कुनै पनि रूपमा असर हुने काम भेलाबाट हुनुहुँदैन,’ भुसालले खबरहबसँग भनिन्।

कांग्रेसको नीति, सिद्धान्त र विरासत बोकेका नेताहरूबाट यस्ता किसिमका भेला तथा गुट निर्माण हुने आफूहरूले नसोचेको पनि उनले बताइन्।

‘कांग्रेसको नीति, सिद्धान्त र लिगेसी बोकेर यस्ता किसिमका भेला र गुटहरू निर्माण गर्नुहोला भनेर सोचेको थिएन। पूर्वसभापति देउवाप्रति हाम्रो सम्मान छ। उहाँ अभिभावक भइदिनुहोस्,’ भुसालले भनिन्।

भुसालले राष्ट्रिय भेलाबारे आफूहरूलाई कुनै पनि जानकारी नभएको दाबी गरिन्। भेलामा उपस्थित हुन निम्तो नआएको र निम्तो आउँछ भन्ने अपेक्षासमेत आफूहरूले नराखेको उनले बताइन्।

भेलाले पार्टीलाई विभाजन गर्ने वा आधिकारिक पार्टीलाई असर पुर्‍याउने कुनै पनि गतिविधि गर्न नहुने उनको भनाइ छ।

‘हामीलाई भेलाको विषयमा कुनै जानकारी थिएन, त्यतातिर चासो पनि दिएनौँ। हामी पार्टीको महाधिवेशनकेन्द्रित गतिविधिमा लागिसकेका छौँ,’ उनले भनिन्।

भुसालले कांग्रेस अब १५औँ महाधिवेशनको तयारीमा केन्द्रित भएको बताउँदै पार्टीलाई विभाजनभन्दा एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएकी छन्।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  २ : ३९ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको