प्रियंकाको फिल्म ‘मास्टर्नी’ १६ वर्षमाथिकाले मात्रै हेर्न मिल्ने « Khabarhub

प्रियंकाको फिल्म ‘मास्टर्नी’ १६ वर्षमाथिकाले मात्रै हेर्न मिल्ने


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीको होम ब्यानरमा बनेको फिल्म ‘मास्टर्नी’ १६ वर्ष भन्दामाथिका दर्शकले मात्रै हेर्न पाउने भएका छन् ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले हल रिलिजका लागि फिल्मलाई शुक्रबार एडल्ट प्रमाणपत्र दिइएको हो ।

निर्माताका लागि एडल्ट प्रमाणपत्र पाउनु घाटाको विषय हो । नेपालमा ब्ल्कबस्टर भएका फिल्ममा परिवारिक दर्शकको उपस्थिति रहने गर्छ । एडल्ट सर्टिफिकेट पाएका फिल्ममा यो समूहका दर्शकको चासो कम हुने गरेको छ ।

‘मास्टर्नी’बाट प्रियंकाले निर्माणमा डेब्यू गरेकी छन् । यस फिल्मको शीर्ष कलाकारमा प्रियंकासहित नायकहरुप्रमोद अग्रहरी र आर्यन सिग्देल छन् ।

फिल्मको कथा प्रियंकाकै हो भने पटकथा शान बास्नेतले लेखेका हुन् । निर्देशक सुवेन्दु घोष हुन् ।

भदौ ५ बाट यो फिल्म प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ४ : ०६ बजे

नारायणी पुल अचानक बन्द हुँदा हजारौँ यात्रु रोकिए (तस्बिरहरू)

काठमाडौं– नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौ यात्रु प्रभावित

भारतमा बाढीपहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित

नयाँ दिल्ली- उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको

फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

कास्की– पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपत्कालीन तथा शीघ्र उद्धारका

सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध

काठमाडौं- सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिनाथ क्षेत्रमा छ सयभन्दा