प्रियंकाको फिल्म ‘मास्टर्नी’ १६ वर्षमाथिकाले मात्रै हेर्न मिल्ने « Khabarhub

प्रियंकाको फिल्म ‘मास्टर्नी’ १६ वर्षमाथिकाले मात्रै हेर्न मिल्ने


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीको होम ब्यानरमा बनेको फिल्म ‘मास्टर्नी’ १६ वर्ष भन्दामाथिका दर्शकले मात्रै हेर्न पाउने भएका छन् ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले हल रिलिजका लागि फिल्मलाई शुक्रबार एडल्ट प्रमाणपत्र दिइएको हो ।

निर्माताका लागि एडल्ट प्रमाणपत्र पाउनु घाटाको विषय हो । नेपालमा ब्ल्कबस्टर भएका फिल्ममा परिवारिक दर्शकको उपस्थिति रहने गर्छ । एडल्ट सर्टिफिकेट पाएका फिल्ममा यो समूहका दर्शकको चासो कम हुने गरेको छ ।

‘मास्टर्नी’बाट प्रियंकाले निर्माणमा डेब्यू गरेकी छन् । यस फिल्मको शीर्ष कलाकारमा प्रियंकासहित नायकहरुप्रमोद अग्रहरी र आर्यन सिग्देल छन् ।

फिल्मको कथा प्रियंकाकै हो भने पटकथा शान बास्नेतले लेखेका हुन् । निर्देशक सुवेन्दु घोष हुन् ।

भदौ ५ बाट यो फिल्म प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ४ : ०६ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी