भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ « Khabarhub

भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।  

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो ।

नेपाली टोलीले भारतमा तयारी गरेर त्यहाँबाट नै एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने क्यानले जनाएको छ ।

एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा सुरु हुदैछ । बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विगतका गल्ती तथा कमजोरीहरूलाई पहिचान गरेर आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताए । 

टोलीमा अनुभवी खेलाडी र युवाको उत्कृष्ट मिश्रण रहेकाले आगामी समय निकै रोमाञ्चक हुने उनले बताए ।

उनले विगतलाई पछाडि छोडेर प्राप्त आलोचनाहरूलाई ग्रहण गर्दै त्यसको उचित जवाफ मैदानमा उत्कृष्ट प्रदर्शन गरेरै दिने प्रतिबद्धता जनाए ।

त्यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट ल ले विश्वकप लिग–२ बाट पहिचान गरिएका कमजोरीहरूलाई सुधार गर्न र नयाँ योजनाहरू खेलाडीहरूमा विकास गर्न भारतमा गहन अभ्यास गरिने बताए । 

मलेसियाको पिच ’कम गति र स्पिनरलाई मद्दत पुग्ने’ खालको रहेकाले  नेपाली टोलीको स्पिनलाई थप फाइदा पुग्ने उनको भनाइ छ ।

त्यस्तै क्यान सचिव पारस खड्का नेपाली टोली भारतमा तयारी गरेर सिधै मलेसिया जाने बताए । उनले नेपाली टीमले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ३ : २६ बजे

पछिल्लो बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

काठमाडौँ, अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

रुस–युक्रेनबीच हवाई आक्रमण तीव्र, सात जनाको मृत्यु

किएभ । रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा

बाजागाजासहित इन्द्रायणीलाई द्यो छेँ इन्द्रलाई भित्र्याउँदै जात्रा सम्पन्न

भक्तपुर । इन्द्रजात्राको दिन सुरु भएको भक्तपुरको इन्द्र दह अर्थात

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी