कान्छाराम भन्छन् : चुनदेवीको कार्यालय खोजेँ, देउवा दाइको साइन बोर्ड पनि आफैंले राखेँ « Khabarhub

कान्छाराम भन्छन् : चुनदेवीको कार्यालय खोजेँ, देउवा दाइको साइन बोर्ड पनि आफैंले राखेँ


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंको चुनदेवीमा पार्टी कार्यालय सञ्चालन गर्दा आफूलाई जिम्मेवारी दिइएको दाबी पूर्वऊर्जा राज्यमन्त्री समेत रहेका नेता कान्छाराम तामाङले बताएका छन्।

शेरबहादुर देउवा पक्षले पार्टी कार्यालय खोल्ने तयारी गरेपछि आफूले कार्यालयका लागि घर खोजेर बन्दोबस्त गरेको तामाङले बताए।

कार्यालय व्यवस्थापन गरेपछि कुनै पनि नेतासँग सल्लाह नगरी आफूले नै साइन बोर्डमा देउवालाई सभापति उल्लेख गरेर राखेको उनले बताएका छन् ।

‘मैले चुनदेवी कार्यालयमा पार्टी अफिस खडा गरेर कुनै पनि नेतालाई नसोधिकन नेमप्लेटमा पनि १४औँ महाधिवेशनबाट निर्वाचित हाम्रा आदरणीय सभापति शेरबहादुर देउवाको नाम राखेको हुँ,’ तामाङले शुक्रबार काठमाडौंमा आयोजित इतर पक्षको राष्ट्रिय भेलामा भने भने।

आफूले नेताहरूले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेको उनले बताए। ‘मैले नेताहरूले दिएको जिम्मेवारी पूरा गरेको छु। इमान्दार भएर पूरा गरेको छु। हाम्रो पार्टी सभापति देउवा दाइ नै हो,’ तामाङले भने।

कांग्रेसभित्र नेतृत्व र पार्टी कार्यालयलाई लिएर विवाद चर्किरहेका बेला तामाङको यो भनाइ सार्वजनिक भएको हो।

चुनदेवीमा स्थापना गरिएको कार्यालयमा देउवालाई सभापति उल्लेख गरिएको विषयले संस्थापन इतर समूहभित्रको राजनीतिक धारणा र नेतृत्वसम्बन्धी विवादलाई थप स्पष्ट पारेको छ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ३ : २३ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको