काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त « Khabarhub

काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल नियुक्त भएका छन् । 

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन् । 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे । 

शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । 

सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बराललाई उपकुलपति नियुक्त गरेका थिए ।

गत जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । 

समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गाना र काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष एवं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा रहेका थिए ।

बराल काठमाडौं विश्वविद्यालयको मेकानिकल इञ्जिनियरिङ विभागका प्राध्यापक हुन् । उनी काठमाडौँ विश्वविद्यालयमा अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन् । उनी विश्वविद्यालयको इञ्जिनियरिङतर्फको दोस्रो ब्याचका विद्यार्थी थिए ।

उनले काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इञ्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्यूजील्याण्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन्  । 

बरालको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, ‘थर्मोफ्लुइड इञ्जिनियरिङ’ र ‘कम्प्युटेसनल फ्लुइड डाइनामिक्स’मा रहेका छन् । उनी उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बनेका थिए ।
 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ५ : ०१ बजे

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा

संसद्‌ भवन परिसरमा वृक्षारोपण  

काठमाडौं– निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा वृक्षारोपण गरिएको छ ।  शुक्रबार