काठमाडौं – नेपाली फिल्मका तीन डिमान्डेड तीन स्टार नायकहरूको व्यस्तता एक साथ देखिएको छ ।
नायक अनमोल केसी र पल शाहले फिल्मको सुटिङ सुरु गरेका छन् । अर्का नायक प्रदीप खड्काले भने फिल्म निर्माणको घोषणा मात्रै गर्न भ्याएका छन् ।
पलले नायिका अञ्जना मगरलाई लिएर फिल्म ‘यानीमाया’को सुटिङ शुक्रबारबाट सुरु गरेका हुन् । ओम प्रतिकको लेखन र निर्देशनमा फिल्म बन्न लागेको हो ।
यो फिल्ममा पल आफ्नै लगानी रहेको छ ।

त्यस्तै, अनमोलले ‘ए मेरो हजुर’को सिक्वेल ‘ए मेरो हजुर ५’को सुटिङ शुक्रबारबाटै सुरु गरेका हुन् । यस फिल्ममा नायिका सुहाना थापा छिन् । यो सुहानाको होम ब्यानरको फिल्म हो । उनी आमा नायिका झरना थापा यस फिल्मको निर्देशक हुन् ।
सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस फिल्म झरना थापा र सरिन पोखरेल मिलेर लेखेका हुन् ।

नायक प्रदीपले भने हाइप बढाउने नियतले नायिका सनिशा भट्टराईसँग इन्गेजमेन्टको फन्डा गरेर फिल्म ‘शुभविवाह’को घोषणा गरेका छन् । सुदर्शन थापाको निर्देशनमा बन्ने यस फिल्मको बिहीबार घोषणा कार्यक्रम राखिएको थियो ।
यस फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा र संवाद लेखन पाठकको हो।

के छ त नायकहरूको हालत ?
अनमोल र पलले अहिले राहतको श्वास लिइरहेका छन् । कारण– यी दुवैले हिट फिल्म दिएर बसेका छन् ।
गत कात्तिकमा प्रदर्शनमा आएको अनमोलको फिल्म ‘जेरी अन टप’ले १२ करोड ग्रस कलेक्सन गरेको थियो । यो उनको करिअरको पहिलो सुपरहिट फिल्म हो ।
त्यस्तै, उनले होम प्रोडक्सनको फिल्म ‘बाटुलो जुन’को पनि सुटिङ भ्याइसकेका छन् । जुन आगामी दशैँमा प्रदर्शनमा आउने बताइएको छ ।
पलको पछिल्लो फिल्म ‘आबाट आमा’हो । १३ करोडभन्दा बढी व्यापार गरेर यो फिल्म सुपरहिट बनेको थियो । तर, यो फिल्म हिट बन्नुभन्दा अघि फ्लपमाथि फ्लप भोगिरहेका बेला उनले आफैँ निर्माणको सोच बनाएका थिए । अन्ततः उनले सुटिङ सुरु गरेका छन् ।
प्रदीपको करिअरमा भने राम्रो दिन चलेको छैन । उनी लगातार तीन फिल्म प्लप भएको अवस्थामा छन् । फ्लपमा ह्याट्रिक हानेपछि उनी बीचमा केही समय फिल्मबाट टाढै जस्तो देखिएका छन् ।
त्यहीकारण हिटको दबाबले फिल्म निर्माण घोषणामा इन्गेजमेन्टको तामझामको आवश्यक परेको बुझ्न सकिन्छ ।











प्रतिक्रिया