गगनलाई भाइ भन्छु, सभापति भन्न मुखै लागेन : कृष्ण सिटौला « Khabarhub

गगनलाई भाइ भन्छु, सभापति भन्न मुखै लागेन : कृष्ण सिटौला


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अवैधानिक र अराजक ढङ्गले गरिएको दाबी गर्दै त्यसलाई मान्यता दिन नसकिने बताएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले विशेष महाधिवेशनमार्फत चयन गरिएको नेतृत्वलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका हुन् ।

कार्यक्रममा बोल्दै नेता सिटौलाले महामन्त्री गगन थापातर्फ लक्षित गर्दै आफूले उनलाई भाइका रूपमा मात्र हेरेको र सभापति भन्न मुखै नलागेको बताए । आफूहरूको विरोध कुनै व्यक्तिगत पूर्वाग्रह नभई पार्टीको विधि र मान्यताको विषय भएको उनको भनाइ थियो । मानिसको जीवनमा गल्ती हुनु स्वाभाविक रहेको उल्लेख गर्दै उनले ती गल्तीहरूलाई आत्मसात गरेर सच्याउन सक्नु नै महानता हुने टिप्पणी गरे ।

नेता सिटौलाले सर्वोच्च अदालतले गल्ती सच्याउने बाटो खोलिदिएको स्मरण गराउँदै महामन्त्री थापालाई आफ्नो कदम पुनर्विचार गर्न र सच्याउनेतर्फ सोच्न सुझाव दिएका छन् । पार्टीलाई विधान र पद्धतिको जगमा एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिँदै उनले अवैधानिक बाटो छाडेर सही मार्गमा फर्कन आग्रह गरे ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ६ : २२ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती