पार्टीलाई एकजुट बनाउन लचिलो बनौँ : गच्छदार « Khabarhub

पार्टीलाई एकजुट बनाउन लचिलो बनौँ : गच्छदार


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टीमा देखिएको आन्तरिक विभाजन र अन्योल अन्त्यका लागि नेताहरूलाई लचिलो बन्न आग्रह गरेका छन् । शेरबहादुर देउवा पक्षद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता गच्छदारले नेपाली कांग्रेसलाई विखण्डनबाट जोगाएर एकजुट बनाउन सबै पक्षबाट त्याग र लचकता आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै गच्छदारले कांग्रेसको एकताका लागि पूर्वसभापति देउवा पार्टीको पदीय र व्यक्तिगत जिम्मेवारीभन्दा माथि उठ्नुपर्ने धारणा राखे । त्यसैगरी गगन थापालाई लक्षित गर्दै उनले पार्टी केन्द्रीय कार्यालय सानेपामै मात्र सभापतिको कुर्सीमा सीमित नभई समग्र कांग्रेसको बृहत्तर हित र अवस्थालाई हेर्नुपर्ने टिप्पणी गरे ।

नेता गच्छदारले आफू पार्टीभित्रको वर्तमान अन्योलबाट निकै चिन्तित भएको बताउँदै अब कुनै अलमलमा नपरी स्पष्ट रूपमा पार्टी एकताको पक्षमा उभिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ६ : ५७ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ