१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मात्र १५औँ महाधिवेशन गराउने अधिकार छ : निधि « Khabarhub

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मात्र १५औँ महाधिवेशन गराउने अधिकार छ : निधि


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र नेतृत्वलाई मात्र आगामी १५औँ महाधिवेशन गराउने वैध अधिकार रहेको स्पष्ट पारेका छन् । शेरबहादुर देउवा पक्षद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विधानसम्मत नेतृत्वले मात्र पार्टीलाई एकताबद्ध र एक सूत्रमा बाँधेर लैजान सक्ने बताए ।

कार्यक्रममा बोल्दै नेता निधिले आयोजना गरिएको राष्ट्रिय भेलाको मुख्य उद्देश्य नै आगामी १५औँ महाधिवेशनमा नेपाली कांग्रेसलाई पूर्ण रूपमा एकताबद्ध बनाएर लैजानु रहेको उल्लेख गरे । आधिकारिक र निर्वाचित निकायबाहेक अरू कसैलाई पनि पार्टीको महाधिवेशन गराउने संवैधानिक तथा वैधानिक अधिकार नरहेको उनको भनाइ थियो ।

अराजक र अराजनीतिक ढङ्गबाट विशेष महाधिवेशन गरेर बनाइएको कमिटीलाई १५औँ महाधिवेशन गराउने कुनै अधिकार नरहेको दाबी गर्दै निधिले त्यस्ता गतिविधिहरू पार्टीको विधान र परिपाटीविपरीत रहेको टिप्पणी गरे । पार्टीभित्रको वैधानिकता र नियमलाई मिचेर गरिने कुनै पनि अभ्यासले कांग्रेसलाई सहि दिशा दिन नसक्ने भन्दै उनले विधानसम्मत नेतृत्वको छातामुनि गोलबन्द भएर १५औँ महाधिवेशनको तयारीमा जुट्न सबैलाई आह्वान गरे ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ७ : ०२ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५