पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा « Khabarhub

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा पुनरावलोकन भइरहेको भन्दै आफूले यसबारे थप टिप्पणी नगर्ने बताएका छन् । आफूपक्षीय नेताहरुले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीको जारी विवाद अहिले सर्वोच्च अदालतमा पुनरावलोकनको क्रममा रहेकाले यस विषयमा धेरै टिप्पणी गर्नु उपयुक्त नहुने बताए ।

उनले अदालतप्रति आफ्नो पूर्ण आस्था रहेको र न्यायपालिकाबाट उचित न्याय पाइने कुरामा आफू पूर्ण रूपमा विश्वस्त रहेको स्पष्ट पारे । सम्बोधनका क्रममा देउवाले पार्टीको वर्तमान स्थिति र भविष्यको बाटोबारे चर्चा गर्दै कांग्रेसभित्र सामान्य सम्झौता मात्र नभई भावनात्मक रूपमै सच्चा एकता र विलयको आवश्यकता रहेकोमा जोड दिए ।

विक्रम संवत् २००७ सालदेखि नै नेपाली जनताको माझमा आफ्नो बलियो पहिचान र इतिहास बनाएको पार्टीमा आउने विभाजनले समग्र लोकतान्त्रिक व्यवस्थालाई नै जोखिममा पार्ने चेतावनी उनले दिए। पार्टी एकताबद्ध रहे मात्र लोकतन्त्रको रक्षा सम्भव हुने उल्लेख गर्दै उनले सबै पक्षलाई जिम्मेवार भएर अघि बढ्न आह्वान गरेका छन् ।

“राष्ट्रिय हितका निम्ति जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु । नीति सिद्धान्त एउटै भएका पार्टी सबैसँग सहकार्यको ढोका खुल्ला गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’ उनले भने ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : ०१ बजे

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह : चीनसँग नियमित अनुगमन

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६