एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने « Khabarhub

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच टोलीको बिदाइ गरेका हुन् । टोलीको बिदाइ समारोहमा बोल्दै क्यानका सचिव पारस खड्काले बधाई तथा शुभकामना दिए । उनले टोलीको आवश्यकताअनुसार नै कप्तान परिवर्तन गरिएको पनि बताए ।

‘‘अहिलेका लागि हाम्रो पहिलो प्राथमिकता भनेको एकदिवसीय ढाँचामा कप्तान परिवर्तन गर्नु थियो । हामीले २०२८ को आइसिसी टी–२० विश्वकप र २०२७ को एकदिवसीय विश्वकपलाई लक्षित गरेर दुवै ढाँचामा उत्कृष्ट दुई खेलाडीलाई कप्तानको जिम्मेवारी दिएका छौँ”, सचिव पारस खड्काले भने, ‘‘समयको मागले गर्दा हामीले नेतृत्व परिवर्तन गरेका हौँ । कुनै व्यक्ति, संरचनालाई सहजीकरणभन्दा पनि नेपाल क्रिकेट योभन्दा अझ माथिल्लो स्थानमा पुग्न सक्छ भनेर हामी अगाडि बढिरहेका छौँ ।’’

‘आगामी प्रतियोगिताको लागि उत्साहित छौँ’
मुख्य प्रशिक्षक स्टुअर्ट लले आगामी प्रतियोगितामा नयाँ योजनाका साथ अगाडि बढ्ने बताए । उनले टोलीले राम्रो प्रशिक्षणका साथ प्रतियोगिता खेल्ने भएकाले अपेक्षाकृत नतिजा ल्याउनेमा आशावादी रहेको बर्ता ।

“राम्रो प्रशिक्षणका साथ हामीले प्रतियोगिता खेल्ने छौँ । नयाँ योजना र युवा खेलाडीका साथ खेल्ने तयारीमा छौँ । टोलीमा राम्रो संयोजन छ, आगामी प्रतियोगिताको लागि उत्साहित छौँ । कन्डिसनको बारेमा जानकार छैन । तर, टोलीले उत्कृष्ट क्रिकेट खेल्ने छ”, मुख्य प्रशिक्षक लले भने ।

कप्तान सन्दीप लामिछानेले विगतको प्रतियोगितामा गरेका गल्तीहरूलाई सुधार गर्दै आसन्न एसिसी प्रिमियर कपमा खेल्ने बताउनुभयो । उहाँले यसपालि प्रतियोगिताको उपाधि जितेर स्वदेश फर्किने पनि दाबी गरे ।

गल्ती सुधार गरेर अघि बढ्ने छौँ : कप्तान लामिछाने

“विगत प्रतियोगितामा पनि हामीले योजना राम्रो बनाएर गएका थियौँ । आफ्नै केही कारणले गर्दा हामी चुक्यौँ । विगतमा भएका जेजति गल्तीहरू छन् तिनीहरूलाई पहिचान गरेर आउँदो प्रतियोगितामा सुधार गर्नेछौँ”, कप्तान लामिछानेले भने, “सन् २०२३ मा प्रिमियर कपको उपाधि जितेपछि धेरै खेलाडीको जीवन नै परिवर्तन भएको थियो । एसिया कप खेल्ने सपना साकार भएको थियो । फेरि हामी त्यही प्रेरणाका साथ मलेसिया जाँदैछौँ । एसिसी प्रिमियर कपमा हाम्रो लक्ष्य उपाधि जित्नु हो । त्यो ट्रफी घर ल्याउने भरपुर प्रयास गर्नेछौँ ।”

नेपाली टोलीले मलेसिया प्रस्थान गर्नुअघि १० दिन भारतको बेंगलुरुमा प्रशिक्षण गर्नेछ । त्यसपछि मलेसिया गएर तीन दिन प्रशिक्षण गरेपछि नेपालले प्रतियोगिता खेल्ने छ ।

दोस्रोपटक उपाधि जित्ने मौका
समूह ‘ए’ रहेको नेपालले पहिलो खेलमा भदौ १५ गते बहराइनविरुद्ध खेल्ने छ । यस्तै, नेपालले भदौ १८ गते आयोजक मलेसिया, तेस्रो खेलमा भदौ २१ गते साउदी अरेबिया तथा चौथो खेलमा भदौ २३ गते हङकङविरुद्ध खेल्ने तालिका छ ।

यस्तै, समूह ‘बी’ मा युनाइटेड अब इमिरेट्स (युएई), कुबेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । नेपालले तेस्रोपटक एसिसी प्रिमियर कपमा सहभागिता जनाउन लागेको हो । नेपालले सन् २०२३ मा एसिसी प्रिमियर कपको उपाधि जितेको थियो ।

यसपालि प्रिमियर कपबाट एसिया कपमा स्थान बनाउन केही सहज हुने देखिन्छ । एसिसीका अनुसार यसपटक प्रतियोगिताको शीर्ष तीन टोलीले एसिया कपमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : ५७ बजे

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

काठमाडौँ – नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन

छठ मनाउन रास्वपा सभापति लामिछाने शनिबार जनकपुरधाम जाने : के छ कार्यक्रम ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

काठमाडौँ – काठमाडौँ–फर्पिङ-कुलेखानी-हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन

अल नेपाल र्‍यापिड चेस सुरु, पहिलो दिन कमल र राधिका शीर्ष स्थानमा

काठमाडौँ – प्रथम काठमाडौँ २८ वडाध्यक्ष कप अल नेपाल फिडे