भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि « Khabarhub

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ) ले म्यानचेस्टर डर्बी भिडन्तका क्रममा म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हाल्यान्डले गरेको निर्णायक गोललाई मान्यता दिने निर्णय गलत भएको स्वीकार गरेको छ। म्यानचेस्टर युनाइटेडविरुद्ध सिटीलाई जित दिलाउने उक्त गोलमा ‘निर्णयको त्रुटि’ भएको प्रो रेफले जनाएको हो।

ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको ६० औँ मिनेटमा जोस्को ग्वार्डिओलको क्रसमा हाल्यान्डले गोल गरेका थिए। सुरुमा मैदानका रेफ्रीले हाल्यान्डलाई ‘अफसाइड’ घोषित गरेका थिए। तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को हस्तक्षेपपछि उक्त गोललाई मान्यता दिइयो। युनाइटेडका डिफेन्डर प्याट्रिक डोर्गुको बुटको रेखाका आधारमा हाल्यान्ड अनसाइड रहेको भीएआरले ठहर गरेको थियो।

हाल्यान्डभन्दा अगाडि रहेका एन्जो फर्नान्डेज अफसाइड स्थितिमा थिए र उनले बलमा हेडिङ गर्ने प्रयास गर्दा खेलमा प्रभाव पारेका थिए कि थिएनन् भन्ने विषयमा विवाद उत्पन्न भएको थियो।

प्रो रेफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एन्जो फर्नान्डेजले बल नछुएको स्थापित भएकाले अफसाइडको कसुर विषयगत (सब्जेक्टिभ) बन्न पुगेको थियो। यद्यपि, यस पटक भीएआरले उनको उपस्थितिको सम्भावित प्रभावलाई ध्यानमा राख्न सकेन र मैदानमै गएर पुनरावलोकन (अन-फिल्ड रिभ्यु) गर्न रेफ्रीलाई सिफारिस गर्नुपर्ने थियो।” प्रो रेफले म्यानचेस्टर युनाइटेडसँग सम्पर्क गरी उक्त निर्णय त्रुटिपूर्ण रहेको स्वीकारेको र घटनाको समीक्षा गरिने जनाएको छ।

युनाइटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले उक्त निर्णयलाई ‘अन्याय’ भनेका छन् भने म्यानेजर माइकल क्यारिकले निर्णयबाट आफू अन्योलमा परेको प्रतिक्रिया दिएका छन्।

उक्त गोल हुनुअघि पहिलो हाफमै सिटी १० खेलाडीमा समेटिएको थियो। खेलको २३ औँ मिनेटमा युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसलाई खुट्टाले हानेपछि रेफ्री माइकल ओलिभरले फिल फोडेनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ९ : ४९ बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने