हरितालिका : टिकटक र सेल्फीमय पशुपति परिसर  « Khabarhub

हरितालिका : टिकटक र सेल्फीमय पशुपति परिसर 


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व सोमबार देवादिदेव महादेवको पूजा-आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी शिव-पार्वतीको पूजा र उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ। सोमबार पशुपतिनाथ परिसरमा व्रत बसेर पूजापाठका लागि पुगेका महिला र दिदीबहिनी सेल्फी खिच्न व्यास्त देखिएका छन् ।

धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत बस्नुपर्ने विधान भए पनि सामाजिक रूपमा भने महिलाहरूले श्रीमान्‌को दीर्घायुको कामनाका लागि गर्ने पर्वका रूपमा लिइँदै आएको छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार यो व्रत बस्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य पाउने र अविवाहित पुरुष तथा महिलाले गुणसम्पन्न वर वा वधु प्राप्त गर्ने शास्त्रीय वचन छ। सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसेर तपस्या गरी महादेवलाई पतिको रूपमा पाउने वरदान पाएको विश्वासका आधारमा तीज व्रतको परम्परा सुरु भएको पौराणिक मान्यता छ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  १० : २४ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब