विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल « Khabarhub

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन्।

मधेश प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उनले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका लागि महत्वपूर्ण रहेको बताउँदै प्राप्त सुझावलाई समेटेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिए ।

उनले काठमाडौँमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त्य गर्नुपर्ने बताए । “विद्यार्थी भाइबहिनीले दिएका सुझाव र गुनासो अत्यन्तै मार्मिक छन्,” उनले भने, “उहाँहरूले दिएका सुझावलाई सम्बोधन गरेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माण गर्ने दिशामा अघि बढ्छौँ ।”

भदौ २६ गते धनुषाबाट सुरु भएको मन्त्रीसहितको टोलीको मधेश यात्रा सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको थियो । यात्राका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायसँग शिक्षा क्षेत्रका समस्या, आवश्यकता तथा सुधारका विषयमा सुझाव संकलन गरिएको थियो । मन्त्री पोखरेलका अनुसार यात्राका क्रममा काठमाडौँमा बसेर सहजै जानकारी नहुने शिक्षा क्षेत्रका स्थानीय समस्या तथा व्यावहारिक चुनौतीबारे प्रत्यक्ष जानकारी प्राप्त भएको छ । कक्षाकोठादेखि समुदायसम्म पुगेर संकलन गरिएका अनुभव र सुझावले आगामी शिक्षा ऐनलगायतका कानुन तथा नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने उनको भनाइ छ ।

उनले मधेशमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको आवश्यकता अत्यन्तै ठूलो रहेको बताए । कृषि शिक्षा विस्तार तथा कृषि कलेज स्थापना पनि मधेशका लागि महत्वपूर्ण आवश्यकता रहेको उनले उल्लेख गरे।

विद्यालयमै पुगेर विद्यार्थीका कुरा सुनेपछि
मन्त्री पोखरेलले सप्तरीको तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयको अनुगमन गरी विद्यालयको शैक्षिक अवस्था, विद्यार्थी तथा शिक्षकका समस्या र आवश्यकताबारे जानकारी लिनुभएको थियो । सो क्रममा विद्यार्थीबाट पाठ्यक्रम निर्माणसम्बन्धी सुझावसमेत संकलन गरिएको थियो ।

त्यस्तै, बोदेबर्साइन नगरपालिका–३ स्थित श्री इश्वरी हिया सुरैत जिलेवी जनता माध्यमिक विद्यालय, सारस्वर तथा शम्भुनाथ नगरपालिका–६ स्थित श्री बुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालय भगवतपुर बडहरीमा पनि शिक्षा सुधार र पाठ्यक्रम परिमार्जनसम्बन्धी सुझाव संकलन गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक गजेन्द्रप्रसाद दासले शिक्षामन्त्री विद्यालयमै आएर विद्यार्थी तथा शिक्षकका समस्या सुनेकोमा खुसी व्यक्त गर्दै विद्यालयको भौतिक पूर्वाधार तथा प्रविधियुक्त शैक्षिक सामग्रीको आवश्यकता रहेको बताए ।

मन्त्री पोखरेलले राजविराज नगरपालिका तथा खडक नगरपालिकाका केही विद्यालयमा विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूका सुझाव तथा गुनासोसमेत संकलन गरेका थिए । विद्यार्थीहरूले पाठ्यक्रममा व्यवहारिक तथा जीवनोपयोगी विषय समावेश गर्नुपर्ने, अध्ययनसँगै सीप विकासमा जोड दिनुपर्ने तथा विद्यालयको भौतिक र प्रविधिगत अवस्था सुधार गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  १० : १० बजे

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन